ओपेन्द्र बस्नेत, तुलीपुर २५ साउन । सफा, स्वच्छ, सुन्दर समृद्ध, सुरक्षित, आधुनिक र सुविधा सम्पन्न हरित नगर वनाउने परिकल्पना सहित तुलसीपुर उपमहानगरपालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ । नगर प्रमुख घनश्याम पाण्डेले आर्थिक बर्ष २०७४÷७५ लागि १० पृष्ठको ७४ बुँदे नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक, साँस्कृतिकरुपले पछाडि पारिएका विपन्न समुदायको जीवनस्तरमा सुधार ल्याई समावेशी विकासको अवधारणालाई मूर्तरुप दिने, जनताको सुरक्षित आवासको अधिकारलाई ग्यारेण्टी गर्न खरका छाना भएका घरहरुलाई टिनको छानायुक्त सुरक्षित घर बनाउन अनुदानको व्यवस्था मिलाइने व्यवस्था गरिएको छ ।
त्यसैगरी गरिब, विपन्नको पहिचान गरी परिचय पत्र दिने व्यवस्था लागु गर्दै आगामी ५ वर्षभित्र गरिबी र भोकमरीलाई शुन्यमा झार्ने, आगामी पाँच बर्षभित्रमा प्रतिव्यक्ति आयलाई कम्तीमा दुई गुणा वढाई मानव विकास सूचकाङ्कको स्तर बृद्धि गर्ने, तुलसीपुरलाई महिला हिंसा, छुवाछुत, अन्धविश्वास र कुप्रथा अन्त्य गरी लैङ्गिक समानता सहितको उच्च संस्कारयुक्त सभ्य समाजको निर्माण, तुलसीपुरको समग्र विकासको मार्गचित्र तयार गर्न दीर्घकालिन, आवधिक र अल्पकालिन रणनीतिक योजना निर्माण ,त्यस्तै तुलसीपुरमा ‘क्लिन तुलसीपुर–ग्रिन तुलसीपुर’ को अवधारणा निरन्तरता दिन, अभियानलाई उपमहानगरपालिकाको सवै वडा र क्षेत्रमा विस्तार गर्ने, स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम उपयोग गरी तुलसीपुरको अर्थतन्त्रलाई सवलिकरण गर्ने, तुलसीपुरको लगानी तुलसीपुरको समृद्धिमा लगाउन लगानी प्रवद्र्धन सम्वन्धि कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक बर्ष ‘घुम्न जाऔं तुलसीपुर’ अभियानलाई सफल पार्न तुलसीपुरका पर्यटकीय क्षेत्रको विकासको गुरुयोजना निर्माण गरी तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाउने , पर्यटन मेला, साँस्कृति महोत्सव, खेलकुद महोत्सव, विज्ञान प्रदर्शनी, साँस्कृतिक झाँकी प्रदर्शनी जस्ता आयोजना गर्नेलाई प्रोत्साहन गरिनेछ ।
मगर र थारु समुदायको जीवन उत्थान गर्ने हेतुले उक्त जातजातिको वसोवास भएको ठाउँमा “होमस्टे” को अवधारणा ल्याई पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ । गरिब, विपन्न, दलित, अल्पसङ्ख्यक समुदायका छात्राछात्रा र शारिरीक अपाङ्गता, बहिरा र सुस्त मनस्थिति भएका बालबालिका तथा विद्यार्थीलाई विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन, ‘ज्येष्ठ नागरिकको सम्मान–तुलसीपुरको स्वाभिमान’ अभियानलाई सार्थकता दिन ज्येष्ठ नागरिकहरुको बिशेष सामाजिक सुरक्षामा जोड दिने, ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मानस्वरुप एक जोडा कपडा उपलब्ध गराउने, दाङलाई प्रादेशिक राजधानी बनाउन जोठ दिने , तुलसीपुर उपमहानगरपालिकामा चक्रपथ निर्माणको प्रक्रियालाई अगाडि बढाइने , साथै नगरभित्रका सबै टोल बस्तीलाई सडक सञ्जालसँग जोड्न नगर सडक यातायात सञ्जाल तयार गर्ने उल्लेख छ ।
त्यस्तै ‘उज्यालो तुलसीपुर’ अभियान सञ्चालन गरी नगरका सबै नागरिकहरुमा बिजुली तथा वैकल्पिक उर्जाको पहुँचलाई बृद्धि गर्ने, एक वडा एक एम्वुलेन्स संचालन गरी जेष्ठ नागरिक र सुत्केरीलाई ५० प्रतिशत छुट प्रदान गर्ने ,
दाङको गौरवको रुपमा रहेको तुलसीपुर विमानस्थललाई यथाशिघ्र सञ्चालन , इन्धन डिपो स्थापना , ‘मेरो पनि बैंक खाता’ अभियान सञ्चालन गरी तुलसीपुरका हरेक नागरिकलाई अनिवार्य बैंकिङ कारोवारमा प्रोत्साहन गरी नगदविहिन आर्थिक कारोवारलाई बढावा दिने, प्राङ्गारिक खेति प्रणाली अबलम्वन गर्ने किसानलाई विशेष अनुदानको व्यवस्था, पशुपालन,कुखुरापालन,माहुरीपालन र माछापालन व्यवसायलाई प्रोत्साहन , आगामी पाँच बर्षभित्र नगरका सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने र पानीका मुहानहरुको संरक्षण र त्यसको वरपर वृक्षारोपण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै भूमीको बैज्ञानिक वर्गिकरण गरि भूउपयोग नीतिलाई व्यवहारतः लागू गरी भूमीको खण्डिकरण रोक्ने गरिब, विपन्नले जग्गा भाडामा लिई व्यवसायिक खेति तथा पशुपालन लगायतका व्यवसाय गर्न चाहेमा प्रचलित भाडामा शतप्रतिशत सम्मको रकम उपलब्ध गराउने नीति अबलम्वन गर्ने, सुकुम्वासी, भूमिहिन र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गरी उनीहरुलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाउने, वास्तविक भूमिहिन र सुकुम्बासीलाई जमिन र सुरक्षित वसोवास घरको मालिक वनाउने , तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका युवाहरुलाई स्वरोजगारतर्फ आकर्षित गर्न युवाहरुमा सीप र उद्यमशिलता प्रवद्र्धन गरी एक घर एक रोजगार सिर्जना गर्ने, खेलकूदको विकासका लागि आवश्यक पूर्वाधार तयार गरी सुबिधासम्पन्न रंगशाला सहितको अन्तर्राष्ट्रिय स्तरको खेल परिसर तथा वडा तहमा एक÷एक वटा सुव्यवस्थित खेलमैदान निर्माण गर्ने,
व्यवस्थित बस्ती विकास र शहरीकरणका लागि एकिकृत वस्ती विकासको मोडेल तयार गर्ने ,
“सुचना तथा सञ्चार – दिगो विकासका आधार” नीतिलाई प्राथमिकता दिने, तुलसीपुर उपमहानगरपालिकाको छुट्टै मोवाईल एप्स बनाई सन्चालनमा ल्याउने , वडालाई प्रोत्साहन स्वरुप आगामी वर्ष देखि थप १० प्रतिशत अनुदान दिने , वेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय, पूर्वीय दर्शन, आध्यात्मिक, आयुर्वेदिक, योग र पौराणिक शास्त्रहरुको अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने, प्रत्येक ३ महिनामा नीति तथा कार्यक्रममा उल्लेख भएका कुराहरुको समिक्षा गरिने, विजौरी काण्डका सहीदहरुको सम्झनामा विजौरीदेखि भोजपुरसम्मको मार्गलाई “तीन सपूत” मार्ग नामाकरण गरि स्तम्भ निर्माण गर्ने, द्वन्द्वकालमा सामूहिक हत्या गरिएका फुलवारीका मृतकहरुको सम्झनामा स्मारक निर्माण,तुलसीपुरको गौरवका योजनाका रुपमा आधुनिक बस टर्मिनल, अटो भिलेज, तुलसी ट्रेड टावर, तुलसीपुर–घोराही मोनोरेल, व्यावसायिक कृषि तथा पशुपालन, पर्यटकीय स्थल र होटल, नगर यातायात, जनस्वास्थ्य,सार्वजनिक शिक्षा र तुलसीपुर एयरपोर्टमा नियमित जस्ता कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रम सर्वसहमत रुपमा नगरसभाले पारित गरेका छ । नगरसभामा नगर उप प्रमुख मायाँ आचार्यले पेश गरेको कार्यान्वयन गर्न वनेको आर्थिक विद्ययक २०७४ माथि पनि छलफल गरिएको छ । नगरसभा नगर प्रमुख मायाँ आचार्यको सभापत्विमा भएको थियो ।
नीति तथा कार्यक्रमको पूर्णपाठ :
(घ) “हाम्रो तुलसीपुर राम्रो तुलसीपुर” बनाउने नीति तथा कार्यक्रम
(१) संयुक्त राष्ट्रसंघले पारित गरेको दिगो विकासका लक्ष्य प्राप्त गर्न सामाजिक न्याय, समाजवाद उन्मुख, आत्मनिर्भर र दिगो विकास सहितको समृद्ध तुलसीपुर निर्माण गर्ने योजनासहित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।
।
(३) आर्थिक, सामाजिक, साँस्कृतिकरुपले पछाडि पारिएका विपन्न समुदायको जीवनस्तरमा सुधार ल्याई समावेशी विकासको अवधारणालाई मूर्तरुप दिने नीतिसहितको कार्यक्रम सञ्चालन गरिने छ ।
(४) जनताको खाद्य सम्प्रुभताको अधिकारलाई सुनिश्चित गर्न
(५) जनताको सुरक्षित आवासको अधिकारलाई ग्यारेण्टी गर्न खरका छाना भएका घरहरुलाई कम्तीमा टिनको छानायुक्त सुरक्षित घर बनाउन प्रोत्साहन तथा अनुदानको व्यवस्था मिलाइने छ । गरिब, विपन्नको पहिचान गरी परिचय पत्र दिने व्यवस्था लागु गर्दै आगामी ५ वर्षभित्र गरिबी र भोकमरीलाई शुन्यमा झार्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
(६) आगामी पाँच बर्षभित्रमा हालको प्रतिव्यक्ति आयलाई कम्तीमा दुई गुणा वढाई मानव विकास सूचकाङ्कको स्तर बृद्धि गरिने छ ।
(७) तुलसीपुरलाई महिला हिंसा, छुवाछुत, अन्धविश्वास र कुप्रथा लगायतका सम्पूर्ण गलत प्रचलन, तथा प्रवृत्तीलाई अन्त्य गरी लैङ्गिक समानता सहितको उच्च संस्कारयुक्त नागरिक तथा सभ्य समाजको निर्माण गरिने छ ।
(८) वातावरण संरक्षण तथा प्रर्वद्धन गर्न प्राकृतिक साधन र स्रोतको समुदायद्वारा समुचित प्रयोग तथा संरक्षण गरी तुलसीपुरमा ‘क्लिन तुलसीपुर–ग्रिन तुलसीपुर’ को अवधारणा निरन्तरता दिइनुका साथै यो अभियानलाई उपमहानगरपालिकाको सवै वडा र क्षेत्रमा विस्तार गरिनेछ ।
(९) स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम उपयोग गरी तुलसीपुरको अर्थतन्त्रलाई सवलिकरण गरिने छ । तुलसीपुरको लगानी तुलसीपुरको समृद्धिमा लगाउन लगानी प्रवद्र्धन सम्वन्धि कार्यक्रम सञ्चालन गरिनेछ । यस क्षेत्रबाट विदेशमा गई स्वदेशमा रेमिट्यान्स को रकमलाई लगानीमा प्रवद्र्धन गर्न र त्यस्तो रेमिट्यान्सको सुरक्षाको लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
(१०) प्रत्येक बर्ष ‘घुम्न जाऔं तुलसीपुर’ अभियानलाई सफल पार्न तुलसीपुरका पर्यटकीय क्षेत्रको विकासको गुरुयोजना निर्माण गरी तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाइने छ । पर्यटन मेला, साँस्कृति महोत्सव, खेलकुद महोत्सव, विज्ञान प्रदर्शनी, साँस्कृतिक झाँकी प्रदर्शनी जस्ता आयोजना गर्नेलाई प्रोत्साहन गरिनेछ । मगर र थारु समुदायको जीवन उत्थान गर्ने हेतुले उक्त जातजातिको वसोवास भएको ठाउँमा “होमस्टे” को अवधारणा ल्याई पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ ।
(११) ‘सबैका लागि शिक्षा–तुलसीपुरको सदिक्षा’ अभियान सञ्चालन गरी सार्वजनिक शिक्षाको गुणस्तरीयता कायम गर्न प्राविधिक व्यवहारिक र नतिजामुखी शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने छ । गरिब, विपन्न, दलित, अल्पसङ्ख्यक समुदायका छात्राछात्रा र शारिरीक अपाङ्गता, बहिरा र सुस्त मनस्थिति भएका बालबालिका तथा विद्यार्थीलाई विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।
(१२) ‘सबैको पहुँचयोग्य भौतिक पूर्वाधार–तुलसीपुरको समृद्धिको आधार’ भन्ने नीतिका आधारमा बालमैत्री, अपांगमैत्री, ज्येष्ठ नागरिक र महिलामैत्री संरचना निर्माण गरिने छ ।
(१३) ‘वालअधिकार–स्थानीय सरकारको सरोकार’ भन्ने नीति लिई भविष्यका कर्णधार तथा सक्षम र सीपयुक्त नागरिक तयार गर्न वालमैत्री स्थानीय शासनको राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि २०६८ ले निर्धारण गरेका सुचकलाइ यसै नगरपालिकाको सूचक मानी बालमैत्री स्थानीय शासनको अवधारणालाई अवलम्बन र प्रबद्र्धन गरी बालमैत्री उपमहानगरपालिका निर्माण गरिने छ ।
(१४) ‘ज्येष्ठ नागरिकको सम्मान–तुलसीपुरको स्वाभिमान’ अभियानलाई सार्थकता दिन ज्येष्ठ नागरिकहरुको बिशेष सामाजिक सुरक्षामा जोड दिइने छ । साथै उनीहरुका लागि दिवा जमघट केन्द्रको विस्तार गर्दै लगिनेछ । ज्येष्ठ नागरिक र युवाका विचमा पुस्तान्तर घटाउनका लागि ज्येष्ठ नागरिक–युवा बिच अनुभवीय अन्तक्र्रिया सञ्चालन गरिनेछ । ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मानस्वरुप एक जोडा कपडा उपलब्ध गराइनेछ ।
(१५) दाङलाई प्रादेशिक राजधानी बनाउन राजनीतिक दल, नागरिक समाज र अन्य सरोकार वालाहरुसँग समन्वय गरी कार्य गर्नुका साथै प्रदेश राजधानी वनाउन सहयोग पुग्ने पूर्वाधार विकासमा जोड दिइनेछ । साथै तुलसीपुरलाई भौतिक पूर्वाधारले सम्पन्न नगर बनाउन सडक, विद्युत, स्वच्छ पिउने पानी, अस्पताल, शैक्षिक संस्था, स्वास्थ्य केन्द्र , यातायात, बजार व्यवस्थापन, रंगशाला, सभागृह, सिँचाई, नहर जस्ता दिगो पूर्वाधारका संरचनाहरु निर्माण गरी सदुपयोग गरिनेछ ।
(१६) तुलसीपुर उपमहानगरपालिकामा चक्रपथ निर्माणको प्रक्रियालाई अगाडि बढाइने छ । साथै नगरभित्रका सबै टोल बस्तीलाई सडक सञ्जालसँग जोड्न नगर सडक यातायात सञ्जाल तयार गरिने छ । सबै सडकहरुको स्तरोन्नती प्रक्रियालाई निरन्तरता दिइने छ ।
(१७) ‘उज्यालो तुलसीपुर’ अभियान सञ्चालन गरी नगरका सबै नागरिकहरुमा बिजुली तथा वैकल्पिक उर्जाको पहुँचलाई बृद्धि गरिने छ । सडक वत्ती जडानलाई तिव्रता दिइने छ ।
(१८) ‘स्वस्थ नागरिक सम्पन्नताको आधार’ भन्ने नीतिलाई सार्थक तुल्याउन गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको सर्वसुलभ पहुँच पु¥याइनेछ । यसका लागि अञ्चल अस्पताल, आँखा अस्पताल, आयुर्वेद अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य क्लिनिक लगायतका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको क्रमशः अन्त्य गरिने छ । साथै एक वडा एक एम्वुलेन्स संचालन गरी जेष्ठ नागरिक र सुत्केरीलाई ५० प्रतिशत छुट प्रदान गरिनेछ । स्वास्थ्य विमालाई संघीय सरकारसँग समन्वय गरी कार्यान्वयनमा ल्याइनेछ तथा स्वास्थ्य स्वयम्सेविकाहरुको क्षमता विकासमा जोड दिइने छ । योग, व्यायाम र ध्यानलाई सबै वडामा सञ्चालन गरिनेछ । साथै तुलसीपुरमा सञ्चार सेवालाई तत्काल सञ्चालनमा ल्याउने छ ।
(१९) दाङको गौरवको रुपमा रहेको तुलसीपुर विमानस्थललाई यथाशिघ्र सञ्चालन गरी आगामी दिनमा निरन्तरताको व्यवस्था गरिने छ । यसका लागि इन्धन डिपो स्थापना र विमानस्थलको प्राविधिक क्षमता विकास गर्न सघन पहल गरिने छ ।
(२०) ‘मेरो पनि बैंक खाता’ अभियान सञ्चालन गरी तुलसीपुरका हरेक नागरिकलाई अनिवार्य बैंकिङ कारोवारमा प्रोत्साहन गरी नगदविहिन आर्थिक कारोवारलाई बढावा दिइने छ । वित्तीय साक्षरता कार्यक्रमलाई वडा र विद्यालय स्तरसम्ममा सञ्चालन गरिनेछ ।
(२१) ‘कृषिमा आधुनिकीकरण ः उत्पादन बृद्धि र वजारीकरणमा’ रणनीति बनाई तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा सिचाई प्रणालीलाई विस्तार, कृषिको विशेष पकेट क्षेत्र निर्धारण र परम्परागत कृषि प्रणालीमा सुधार गरी व्यावसायीकरण र वजारीकरण गर्न किसानहरुलाई प्रोत्साहित गरिने छ । प्राङ्गारिक खेति प्रणाली अबलम्वन गर्ने किसानलाई विशेष अनुदानको व्यवस्था गरिनेछ । पशुपालन,कुखुरापालन,माहुरीपालन र माछापालन व्यवसायलाई प्रोत्साहन गरिनेछ ।
(२२) ‘स्वच्छ पानी–स्वस्थ जिन्दगानी’ लाई मूर्तरुप दिन आगामी पाँच बर्षभित्र नगरका सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याइने छ । पानीका मुहानहरुको संरक्षण र त्यसको वरपर वृक्षारोपण गरिनेछ ।
(२३) भूमीको बैज्ञानिक वर्गिकरण गर्ने भूउपयोग नीतिलाई व्यवहारतः लागू गरी भूमीको खण्डिकरण रोकिने छ । साथै भूमी बाँझो राख्ने परिपाटीको अन्त्य गरी उत्पादनमा जोड दिइने छ । गरिब, विपन्नले जग्गा भाडामा लिई व्यवसायिक खेति तथा पशुपालन लगायतका व्यवसाय गर्न चाहेमा प्रचलित भाडामा शतप्रतिशत सम्मको रकम उपलब्ध गराउने नीति अबलम्वन गरिनेछ ।
(२४) सुकुम्वासी, भूमिहिन र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गरी उनीहरुलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाइने छ । वास्तविक भूमिहिन र सुकुम्बासीलाई जमिन र सुरक्षित वसोवास घरको मालिक वनाइने छ । सुकुम्वासी, भूमिहिन र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क संकलन गरिनेछ । सार्वजनिक बाटो, नदी, खोला, कुलो र साँस्कृतिक तथा विशेष महत्वको कुनै क्षेत्रलाई असर नपर्ने गरी ऐलानी, पर्तिमा वसोवास गरी नगर सेवा उपभोग गरे वाफत निश्चित सेवा शुल्क लिइनेछ ।
(२५) आगामी पाँच बर्षभित्र यस तुलसीपुर उपमहानगरपालिकामा मातृ मृत्युदर र शिशु मृत्युदर न्यूनीकरण गरिने छ । यसका लागि सुनौला हजार दिन र मातृशिशु स्वस्थ पोषणका लागि विशेष प्रोत्साहन भत्ताको कार्यक्रम सञ्चालन गरिनेछ ।
(२६) तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका युवाहरुलाई स्वरोजगारतर्फ आकर्षित गर्न युवाहरुमा सीप र उद्यमशिलता प्रवद्र्धन गरी एक घर एक रोजगार सिर्जना गरी युवाहरुको विदेश पलायनलाई घटाउँदै लगिने छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु वा अङ्गभङ्ग हुने व्यक्तिका परिवारलाई राहत र उद्धारको कार्यक्रम सञ्चालन गरिनेछ ।
(२७) खेलकूदको विकासका लागि आवश्यक पूर्वाधार तयार गरी सुबिधासम्पन्न रंगशाला सहितको अन्तर्राष्ट्रिय स्तरको खेल परिसर तथा वडा तहमा एक÷एक वटा सुव्यवस्थित खेलमैदान निर्माण गरी खेल क्षेत्रको समुचित विकास गरिने छ । तुलसीपुर मेयरकप खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । खेलकुदको समुचित विकासका लागि तुलसीपुर स्पोर्टस् एकेडेमी स्थापना गरिनेछ ।
(२८) व्यवस्थित बस्ती विकास र शहरीकरणका लागि एकिकृत वस्ती विकासको मोडेल तयार गरिने छ । साथै नगर क्षेत्रभित्र आवासीय, औद्योगिक, व्यापारिक, कृषि तथा हरियाली क्षेत्र छुट्याई व्यवस्थित बस्ती विकास गरी तुलसीपुर उपमहानगरपालिकालाई सुविधा सम्पन्न स्मार्ट सिटीका रुपमा विकास गरिने छ ।
(२९) स्थानीय तहको अदालतलाई मेलमिलाप अदालतका रुपमा विकास गरी स्थानीय मुद्धाहरुलाई वार्ता, मध्यस्थता, छलफल, क्षमादान, आपसी समझदारी, सहिष्णुता र सुझवुझपूर्ण तवरले मेलमिलापको बिधिबाट समस्या समाधान गरि झन्झटिलो र खर्चिलो न्याय प्रणालीमा सुधार गरिने छ ।
(३०) ‘सुरक्षित शहर–सम्भावनाका अवसर’ को नीति लिई नागरिकको सुरक्षाको प्रत्याभूती गरिने छ । साथै बालबालिका, महिला, ज्येष्ठ नागरिक र शारिरीक अपाङ्गता भएकाहरुको सुरक्षालाई विशेष ध्यान दिइने छ ।
(३१) ‘सक्षम महिला–विकासमा पहिला’ अभियानका लागि महिलाहरुको सशक्तिकरण, नेतृत्व विकास, उद्यमशिलता र सीप विकास गरी महिलाहरुलाई विकास तथा निर्णय, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहभागिता सुनिश्चित गरिने छ ।
(३२) “सुचना तथा सञ्चार – दिगो विकासका आधार” नीतिलाई प्राथमिकता दिइनेछ । सञ्चारमैत्री सरकार र विकासमैत्री सञ्चारको अवधारणाबाट स्थानीय सञ्चार माध्यमहरुलाई कृषी, वातावरण तथा समावेशी विकासमैत्री सामग्रीहरु प्रकाशन र प्रसारणमा प्रोत्साहन गरिनेछ । साथै सञ्चारकर्मीहरुलाई यस्ता सामग्री तयार गर्नका लागि “लेखनवृत्ती”को व्यवस्था गरिनेछ । टेलिफोन, इन्टरनेटमा नागरिकहरुको पहुँचलाई अभिवृद्धि गरिनेछ । साथै तुलसीपुर उपमहानगरपालिकाको छुट्टै मोवाईल एप्स बनाई सन्चालनमा ल्याईने छ । सुविधा सम्पन्न सुचना बैक, सञ्चार कक्ष र सञ्चार कोषको स्थापना गरिनेछ । सूचनाको हक सम्बन्धि कानुनलाई व्यवहारमा कार्यान्वयन गरिनेछ ।
(३३) प्राविधिक तथा सीपमुलक शिक्षालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।
(३४) सबैखाले राष्ट्रिय अभियान (बालमैत्री, धुँवामुक्त, छुवाछुतमुक्त, हर्नमुक्त, बातावरणमैत्री, प्लाष्टिकमुक्त,लैंगिक हिंसामुक्त आदि ) लाई सफल पार्ने वडालाई प्रोत्साहन स्वरुप आगामी वर्ष थप १० प्रतिशत अनुदान दिइनेछ ।
(३५) वेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय, पूर्वीय दर्शन, आध्यात्मिक, आयुर्वेदिक, योग र पौराणिक शास्त्रहरुको अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्दै यसको समयानुकूल विकास, आधुनिकिकरण र व्यावसायी वनाउन जोड दिइने छ । यसका लागि साझेदारीतामा गर्न सकिने कार्यक्रमहरु पहिचान गरी कार्यान्वयन गरिनेछ ।
(३६) बिजौरी क्षेत्रमा जडिबुटी उत्पादनको केन्द्र बनाउने गरी बोटानिकल गार्डेन निर्माण गर्ने र यसको बहुउपयोगितामा जोड दिइने छ ।
(३७) तुलसीपुरको पहिचानलाई अन्य देशहरुमा चिनाउन तथा उनीहरुको अनुभवबाट सिकाईका लागि विदेशका नगरहरुसँग मितेरी÷भगिनी सम्बन्ध कायम गरिने छ ।
(३८) तुलसीपुर उपमहानगरपालिकाका जनताहरुका लागि छिटो, छरितो, सुलभ तथा झन्झटमुक्त सेवा प्रवाह गर्नका लागि हाल भइरहेको संगठनात्मक संरचनालाई परिमार्जन गरी कार्य जिम्मेवारीका आधारमा नयाँ संरचना तयार गरिनेछ । शासन सञ्चालनमा संलग्न व्यक्तिहरुको जिम्मेवारी वहन, पारदर्शिता, जवाफदेहीता, असल आचरण र उच्च नैतिकता प्रदर्शनका लागि जोड दिइनेछ । कुनै पनि प्रकारको भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता ९श्भचय त्यभिचबलअभ० अपनाइने छ । साथै उपमहानगरपालिकामा “इ गभर्नेन्स” नीति अबलम्वन गरिनेछ । प्रत्येक ३ महिनामा नीति तथा कार्यक्रममा उल्लेख भएका कुराहरुको समिक्षा गरिनेछ ।
(३९) “भाषा र संस्कृतिको सम्मान ः लुकेका प्रतिभाको पहिचान” भन्ने नीति लिई दाङको मौलिक पहिचान वोकेका र विविधतामा समेटिएका सबै जातजातिहरुको भाषा, संस्कृति, लोकसाहित्य, नृत्य, गीत संगित, मेला, पर्व, जात्रा, भाकाको संरक्षण र संवद्र्धन गर्न “कला संग्रहालय” निर्माणको प्रक्रिया अगाडी वढाइनेछ । साथै तुलसीपुर उपमहानगरपालिका भित्रका साहित्यकार तथा कलाकारलाई प्रोत्साहित गर्नका लागि हरेक वर्ष कम्तीमा एक जनाको कृति प्रकाशन र सम्मान गरिनेछ ।
(४०) तुलसीपुर उपमहानगरपालिकामा विपद् व्यवस्थापनका लागि स्थायी कोष निर्माण गरि सञ्चालनमा ल्याइनेछ । उपमहानगरभित्र हरेक संरचना निर्माण गर्दा विपद्, जोखिम न्युनीकरणलाई विशेष ध्यान दिइनेछ । साथै नगरका १९ वटै वडामा तालिमप्राप्त खोज तथा उद्धार समूह निर्माण गरेर परिचालन गरिनेछ ।
(४१) “तुलसीपुरको पहिचान ः सबै जातजातिको सम्मान” को नीति लिई विपन्न, दलित, अल्पसंख्यक तथा लोपोन्मुख र तेश्रो लिङ्गी समुदायको उत्थानमा विशेष जोड दिन “जन उत्थान परिषद्” गठन गरिनेछ । तुलसीपुर उपमहानगरलाई आगामी पाँच वर्षभित्र “पूर्ण छुवाछुतमुक्त, सामाजिक सद्भावयुक्त तुलसीपुर” को निर्माण गरिनेछ । साथै दलित,थारु,गाइन, वादी तथा कुमाल लगायतका जातिका परम्परागत पेसालाई आधुनिकीकरण गरिनेछ ।
(४२) समृद्ध मुलुक निर्माणका लागि आफ्नो जीवन आहुती गर्ने विजौरी काण्डका सहीदहरुको योगदानलाई चिरस्मरणीय वनाउन विजौरीदेखि भोजपुरसम्मको मार्गलाई “तीन सपूत” मार्ग नामाकरण गरि स्तम्भ निर्माण गरिनेछ । साथै द्वन्द्वकालमा सामूहिक हत्या गरिएका फुलवारीका मृतकहरुको सम्झनामा स्मारक निर्माण गरिनेछ । द्वन्द पीडितका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । ठुटी– हसनापुर हुँदै दामोदरसम्मको सडकलाई “श्रीमणी मार्ग” नामाकरण गरी स्तरोन्नति गरिनेछ ।
(४३) शारीरिक अपाङ्ग, सुस्त मनस्थिती तथा श्रवण क्षमता कम भएकाहरुलाई शिक्षा र सीप प्रदान गर्नका लागि अपाङ्ग शिक्षालय तथा तालिम केन्द्रको स्थापना गर्नुका साथै सीप सिकेका अपाङ्गहरुलाई लघु उद्यमका लागि ऋण तथा अनुदानको व्यवस्था गरिनेछ ।
(४४) नगर क्षेत्रभित्रका धार्मिक स्थल, धर्मशाला, चौतारी, बरपीपल, खेलमैदान, आदिको संरक्षण गरिने छ र यस्ता ऐतिहासिक सांस्कृतिक महत्वका स्थानहरुलाई नगर सम्पदाको रुपमा विकास गरिने छ । नदी, खोला सिचाईकुलो एवम् पोखरीको संरक्षणका लागि आवश्यकता अनुसार मापदण्ड तोकी त्यस्ता सार्वजनिक जग्गामा निजी संरचना निर्माण गर्न रोक लगाइने छ ।
(४५) राप्ती बबई बहुमुखी क्याम्पसलाई बहुबिषय शिक्षणको केन्द्रका रुपमा विकास गरिने छ ।
(४६) तुलसीपुर उपमहानगरपालिकाको विकासको समग्र मोडेल तयार गर्न विस्तृत प्रोफाइल निर्माण गरि अघि बढाइनेछ ।
(४७) आयोजना तथा कार्यक्रमहरुको अनुगमन प्रणालीलाई नतिजामुखी र प्रभावकारी बनाउन वैज्ञानिक अनुगमन प्रणाली निर्माण गरिने छ । यस्तो अनुगमन प्रणालीमा सेवाप्रदायक र लाभग्राही दुवैलाई समावेश गरिने छ । अनुगमनका सुझाव या सिकाईलाई पालना गरिनेछ ।
(४८) तुलसीपुर उपमहानगरपालिकाभित्र भइरहेको भूमीको अव्यवस्थित प्लटिङलाई निरुत्साहित गरिने छ । साथै बैज्ञानिक र व्यवस्थित भूउपयोगको नीतिलाई अनुशरण गरिने छ ।
(४९) प्राविधिक, कृषि, वन, पर्यटन,व्यवस्थापन, कानुन, चिकित्सा, वालीविज्ञान र पशुविज्ञान जस्ता विषयहरुमा अध्ययन, अध्यापन गराउनका लागि यसै वर्षदेखि तुलसीपुर मेट्रो कलेज स्थापनाको कार्य सुरु गरिने छ ।
५०) नगरवासीमा पठन संस्कृती र अनुसन्धानका कार्यलाई प्रभावकारी बनाउनका लागि सुविधा सम्पन्न सामुदायिक पुस्तकालय, सामुदायिक सिकाइ केन्द्र र सुविधा सम्पन्न तुलसी अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।
(५१) तुलसीपुर उपमहानगरपालिका क्षेत्रको सर्वाङ्गिण समावेशी विकासका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी, गैर सरकारी, संघ सस्था, सामुदायिक संस्था, सहकारी र निजी क्षेत्रसंग सहकार्य गरी काम गरिनेछ ।
(५२) तुलसीपुर उपमहानगरपालिका क्षेत्रको सबै वन क्षेत्रलाई सामुदायिक वनको रुपमा विकास गरिने छ भने पारिवारीक निजी वनको विस्तार गरीनेछ । यस क्षेत्रका सामुदायिक वन, निजी वन र अन्य वनहरुको दिगो वन व्यवस्थापन सम्बन्धी मापदण्ड निर्धारण गरी लागू गरिनेछ । वनको दिगो व्यवस्थापन गरी वन उद्यमको विकास गर्दै हरित रोजगारी सृजना गरिनेछ ।
(५३) भू तथा जलाधार संरक्षणका लागि नदी, खोलाहरुमा हरियाली तटबन्ध निर्माण, जलाधार क्षेत्रको संरक्षण र हरेक गाउँ वस्तीमा पानी भकारी (ताल, पोखरी, जलाशय) को विकास गरीनेछ । पातुखोला, गुहारखोला र बबईमा हाइड्याम तथा बाँध निर्माण गरी सिँचाई, खानेपानी, विद्युत तथा पर्यटन जस्ता सुविधा दिने गरी बहुउद्देश्यीय परियोजना सञ्चालन गर्न प्राथमिकताका साथ कार्य गरिनेछ ।
(५४) सार्वजनिक सेवा प्रदान गर्ने सरकारी तथा गैरसरकारी, निजी क्षेत्र, सहकारी र समुदायलाई मुस्कान सहितको सेवा प्रदान गर्न आधारभुत प्रशिक्षण गर्ने व्यवस्था मिलाइनेछ ।
(५५) जनताका गुनासो सुन्नुका साथै जनतासँग मेयरलाई प्रत्यक्ष जोड्का लागि मेयरसँग जनता रेडियो कार्यक्रमका साथै हेलो मेयर टोल फ्रि र हटलाइन सेवा सञ्चालन गरिनेछ ।
(५६) यस उपमहानगरपालिका क्षेत्रभित्र र यस क्षेत्रको समग्र विकास, प्रदेश र राष्ट्रिय महत्वका कार्यक्रम सफल वनाउन छिमेकी स्थानीय तह कार्यपालिका, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी कार्य गरिनेछ ।
(५७) जग्गाको खण्डीकरणले व्यावसायिक कृषि, वस्ती विकास र शहरीकरणमा ठूलो समस्या परेकाले जग्गाको एकिकरण गरी व्यवस्थित शहरीकरण र एकिकृत जग्गा विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
(५८) सार्वजनिक शिक्षा सुधारका लागि सामुदायिक, निजी र सहकारी संस्थाहरुको सहकार्यमा आवश्यक कार्यको थालनी गरिनेछ ।
(५९) सामाजिक सुरक्षा र व्यक्तिगत घटनादर्ता प्रणालीलाई वडास्तरबाट अनलाईन मार्फत गरिने व्यवस्था मिलाइनेछ । साथै नगरको योजना र सम्पूर्ण गतिविधिलाई वेवसाइट तथा ध्द्यच्क् मा समावेश गरिनेछ ।
(६०) तुलसीपुरको गौरवका योजनाका रुपमा आधुनिक बस टर्मिनल, अटो भिलेज, तुलसी ट्रेड टावर, तुलसीपुर–घोराही मोनोरेल, व्यावसायिक कृषि तथा पशुपालन, पर्यटकीय स्थल र होटल, नगर यातायात, जनस्वास्थ्य,सार्वजनिक शिक्षा र तुलसीपुर एयरपोर्टमा नियमित जस्ता कार्यक्रम सञ्चालन गरिनेछन् ।
(६१) नेपालको संविधान, स्थानीय तहको सञ्चालनको लागि भएका निर्देशन, संघिय तथा प्रान्तिय कानून अनुसार तुलसीपुर उपमहानगरपालिकामा सहकारीको स्थापना, विकास र सञ्चालनमा सहकारी संस्था, संघ, सञ्जाल, महासंघसंगको सहकार्यमा आवश्यक कार्य गरिनेछ । यस क्षेत्रको विकासमा सहकारी संस्थाको सहकार्यमा विशेष जोड दिइनेछ ।
(६२) फोहरलाई मोहरमा बदल्नका लागि फोहोरमैला प्रशोधन केन्द्रको स्थापना गरिनेछ । दिगो रुपमा फोहोरमैलाको व्यवस्थापन गर्न नागरिक समुदाय, टोल विकास संस्था,निजी क्षेत्र, सहकारी र अन्य साझेदार संस्थासँग सहकार्य गरिनेछ । दिगो रुपमा फोहोरमैला व्यवस्थापन गर्न स्थायी प्रकृतिको “ल्याण्डफिल साइट” निर्माण गरेर सञ्चालन गरिनुका साथै फोहोर मैला व्यवस्थापन, प्रदुषण नियन्त्रण भौतिक पुर्वाधार निर्माणका लागि आवश्यक यन्त्र र उपकरणहरु खरीद गरिनेछ ।
(६३) टोल विकास संस्थालाई नगरवासीको आधारभूत सामुदायिक संगठनका रुपमा विकास गरिनेछ । हरेक टोल विकास संस्थालाई समावेशी, पारदर्शि र सुशासनका हिसाबले सदस्यहरुप्रति जवाफदेही बनाइनेछ । यस सम्बन्धि आवश्यक मापदण्ड तयार गरी लागु गरिने छ ।
(६४) सवै सर्वसाधारण नागरीकको वित्तमा पहुँच विस्तार गर्न लघु वित्त कार्यक्रम सञ्चालन गरिनेछ । लघुवित्त कार्यक्रम सञ्चालनमा टोल विकास संस्था, सहकारी, बैङ्क तथा वित्तीय संस्था, निजी क्षेत्र, सामुदायिक संस्था र अन्य सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गरिनेछ ।
(६५) नगरवासीको उद्यमशिलता, उत्पादन र वजारीकरणमा विशेष सीप र दक्षताको विकासमा जोड दिइनेछ । लघु तथा साना उद्यमहरुको विकासका लागि उद्यमशिलता तथा बजार विकास कोषको स्थापना गरी सञ्चालन गरीनेछ । साथै साझेदारी विकास कोषलाई यसैमा समायोजन गरिनेछ । महिला, अपाङ्गता भएका व्यक्ति र दलित, अल्पसङ्ख्यकले सञ्चालन गर्ने व्यवसायको दर्ता र व्यवसाय करमा विशेष छुटको व्यवस्था लागू गरिनेछ ।
(६६) तुलसीपुर उपमहानगरपालिका भित्र वसोवास गर्ने थारु जातिको भाषा र संस्कृतिको महत्व र गरीमालाई मनन गरी उपमहानगरपालिकाको कामकाजी स्थानीय भाषाको रुपमा थारु भाषालाई प्रयोगमा ल्याउनका लागि आवश्यक नीति तथा कानुन वनाई लागु गरिने छ । थारु संग्रहालयको निर्माण र सञ्चालनमा जोड दिइनुका साथै उनीहरुको भाषा, संस्कृति र प्रथाको विकासमा आवश्यक काम गरिनेछ ।
(६७) उपमहानगरवासीलाई सेवा सुविधा प्रदानमा छिटो, छरितो र सरल प्रणालीको विकास गरिनेछ । सुविधा सम्पन्न वडा कार्यालय यसै वर्षदेखि निर्माण गरेर सञ्चालनमा ल्याइनेछ । उपमहानगरपालिकाको कार्यालयलाई विस्तार र सुविधा सम्पन्न गराइनुका साथै तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा निर्माण हुन गइरहेको हो सुविधा सम्पन्न बहुउद्देश्यीय सभागृह निर्माणका लागि आवश्यक सहयोग र समन्वय गरिनेछ । उपमहानगरपालिकाको कार्यालय लगायत वडा कार्यालय र सेवा केन्द्रहरुलाई बालमैत्री, ज्येष्ठ नागरिक मैत्री, अपाङ्गमैत्री, महिलमैत्री र जनमैत्री बनाइने छ ।
(६८) तुलसीपुर उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र विकासलाई गुणस्तरीय र प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी तथा सेवा प्रवाह गर्ने अन्य निकायको क्षमता विकासमा विशेष जोड दिइ लागु गरिनेछ । लामो समयदेखि कार्यरत कर्मचारीलाई सेवा अवधि अघि नै नोकरीबाट स्वेच्छिक अवकाश लिन चाहेमा विशेष सेवा, सुविधा “गोल्डेन ह्यान्डसेक” सहित सम्मानजनक ढंगले विदाई गरिनेछ । उत्कृष्ट कार्य गर्ने कर्मचारी, टोल विकास संस्था, उपभोक्ता समिति लगायत सेवामुलक कार्यमा संलग्न सबैलाई विशेष सभाको आयोजना गरी पुरस्कृत र सम्मानित गरिनेछ ।
(६९) विभिन्न धर्मावलम्बी तथा धार्मिक समुदायका लागि व्यवस्थित शवदाह, समाधी स्थल र कव्रिस्तान निर्माण र सञ्चालन गरिनेछ । साथै आवश्यकता अनुसार शव वाहन सञ्चालनमा ल्याइनेछ ।
(७०) बबई र कोट सभ्यताको अध्ययन, अनुसन्धान गरी विकास र संरक्षण गरिनेछ ।
(७१) तुलसीपुर उपमहानगरपालिका भित्रका सबै सडकहहरुको न्यूनतम मापदण्ड तोकिने छ । सडकहरुमा पर्ने खोला र नदिमा पुल निर्माणलाई विशेष प्राथमिकता दिइनेछ ।
(७२) उपमहानगरपालिकाले दिने सेवा र गर्ने विकास निर्माणलाई जनमैत्री र वातावरणमैत्री वनाइनेछ । हरेक सेवा र विकासको सार्वजनिक सुनुवाई, जनलेखा परिक्षण तथा आवश्यकता अनुसार स्वतन्त्र प्राविधिक परिक्षण र निरिक्षण पनि गराइने छ । करको दायरालाई वढाउदै उपमहानगरपालिकाले उठाउने करलाई रहरको रुपमा विकास गरिनेछ । उत्कृष्ट करदातालाई पुरस्कृत गरिनेछ ।
(७३) नेपालको संविधानले दिएको अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कानून निर्माण गरिनेछ । यसका लागि संघीय र प्रान्तीय सरकार तथा संसदसंग आवश्यकता अनुसार समन्वय र सहकार्य गरिनेछ ।
(७४) महिला, दलित, द्वन्द्वपीडित, असहाय अपाङ्ग, र सीमान्तकृत समुदायलाई विशेष आरक्षणका कार्यक्रम सञ्चालन गर्नुका साथै बालआश्रम, ज्येष्ठ नागरिक आश्रम र आरामगृह निर्माण गरिनेछ ।