अञ्चल अस्पताल तुलसीपुरका चिकित्सकले दिए यस्तो चेतावनी

ओपेन्द्र बस्नेत,तुलसीपुर २५ साउन । राप्ती अञ्चल अस्पतालका चिकित्सकहरुले सरकारले माग पुरा नगरे थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी दिएका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानका बरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसी अनसन बसेको १६औं दिन सम्म पनि सरकार माग पुरा गर्न तर्फ सकारात्मक नदेखिएको भन्दै डा. केसीको माग प्रति ऐक्यवद्धता जनाउदै तत्काल माग पुरा नगरे आन्दोलन घोषणा गर्ने उनीहरुले बताएका छन् ।

चिकित्सकहरु द्धारा बुधबार जारी संयुक्त जारी प्रेस विज्ञप्तीमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि डाक्टर केसी अनसनमा बसेको १६ औं दिन सम्म पनि सम्बन्धित निकायबाट ठोस कदम नचालिदा उहाँको स्वास्थ्यअवस्था नाजुक बन्दै गएकाले जीवन रक्षाका लागि आन्दोलनमा जानुपर्ने परिस्थीती सृजना भएको उल्लेख छ ।

यस अघि आवसीय चिकित्सकहरु साउन १८ गते देखि इर्मजन्सी सेवा बाहयक अन्य सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रीएका छन् । ‘वार्ता भइरहेपनि सरकार पोजीटिभ देखिएको छैन, ‘अस्पतालका इएनटी विशषज्ञ डा. लीजन मर्हजनले भन्नुभयो’ माग पुरा भएमा कामाईखानेहरुका लागि बाटो नै बन्द हुने भएकाले सरकार दवावमा छ ।’

डा. केसीको माग सम्बोधन तर्फ सरकारले ठोस कदम नचाले देशभरका चिकित्सकहरु एकैपटक काम छोडेर सडकमा उत्रीने तयारी गरेको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७४ साउन २५ गते बुधवार
प्रतिक्रिया