राष्ट्रीय मानव अधिकार आयोगको क्षेत्रीय टोली सल्यानमा

मिना बुढाथोकी,सल्यान २४ साउन । राष्ट्रीय मानव अधिकार आयोगको क्षेत्रीय टोलीले जिल्लाको मानव अधिकार ,सुशासन ,दिगो विकास र वातावरणको अवस्था बुझन सल्यान आई पुगेको छ । राष्ट्रीय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेल र आयोगका टंक खनालले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा सम्बन्धित सरोकारवाला संग छलफल गरि रहनु भएको छ ।

आयोगले साउन २२ गते देखी जिल्ला स्थित मानवअधिकार कर्मी,संचारकर्मी, सरकारी कार्यालयका प्रमुख , सुरक्षा निकाय प्रमुख संग जिल्लाको मानव अधिकारको विषयमा छलफल गरि रहेको आयोगका क्षेत्रीय प्रमुख खरेलले जानकारी दिनु भयो ।

उहाले अहिले मानवअधिकार हननको सबै भन्दा ठुलो विषय भनेको बाल विवाह रहेको बताउनु भयो । बाल विवाह गर्नेको संख्या विकराल रुपले बढी रहेको भन्दै उहाले अहिले यो समस्या क्षेत्रीय स्तरमा बढी रहेको बताउनु भयो । विभिन्न जिल्लामा मानवअधिकार अनुगमनका क्रममा बाल विवाह गर्नेको संख्या व्यापक रुपमा बढेको भन्दै उहाले स्थानीय स्तरबाट न्युनिकरण गर्न पहल गर्नु पर्ने बताउनु भयो । साथै बाल विवाह न्युनिकरणमा गम्भीर भएर लाग्न सम्बन्धित सबैलाई आग्रह गर्नु भयो ।

मानव अधिकार आयोगको टोली संगको छलफलका क्रममा स्थानीय मानवअधिकार कर्मी तथा संचारकर्मीले जिल्लाको मानव अधिकारका बारेमा विश्लेषण गरेका थिए । जिल्लामा अहिले बाल विवाहका साथै महिला ंिहंसा अन्तरगत घरेलु हिंसा बढी रहेको ,बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको ,उपभोक्ताको अहिकार सुनिश्चित हुन नसकेको ,स्वास्थ्य सेवा सर्वसुलभ रुपले पाउन नसकेको , गुणस्तरीय शिक्षा लगायतका समस्या हरु रहेको बताएका छन ।

यस्तै आयोगको टोलीले आज मंगलबार स्थानीय जनप्रतिनिधि संग स्थानीय निकायको अधिकार ,बुझाई र कार्यान्वयन का विषयमा छलफल गरेको जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया