सम्पुर्ण सिलाई ब्यबसायिहरु एक हुनुपर्नेमा जोड

बसन्त परियार,२३ तुलसीपुर । तुलसीपुर उपमहानगरस्तरीय नेपाल कपडा तथा सिलाई ब्यबसायि समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । सभामा बोल्ने बक्ताहरुले सम्पुर्ण सिलाई ब्यबसायिहरु एक हुनुपर्नेमा जोड दिएका थिए । नवसम्म सम्पुर्ण ब्यबसायि एक भईदैन तव सम्म ब्यवसायि धरासायि पर्न सक्ने खतरा औल्याएका थिए ।

उनिहरुले चाडपर्वको अवसरमा सिलाई पसलहरुमा एकैनासको दर रेट कायम राख्न प्रतिवद्धता समेत जनाएका छन । समितीका कार्यबाहक अध्यक्ष गोपाल नेपालीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष राम कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता एवं उपमेयर माया आचार्यको विशिष्ठ आतिथ्यमा सभाको उद्घाटन भएको थियो ।

सो अवसरमा बरीष्ठ उपाध्यक्ष लाल बहादुर परियार,सहकोषाध्यक्ष ईश्वर नेपाली , जिल्ला अध्यक्ष चुर्ण नेपाली, बाबुराम छिनाल ,सुरेन्द्र परीयार, लगायतले बोल्नुभएको थियो । रामलाल परीयारको स्वागत मन्तव्य बाट सुरु भएको सभाको सहजीकरण कार्यवाहक सचिब करण परियारले गर्नुभएको थियो । यसैविच सभाको राती अवेर सकिएको बन्द सत्रले करण परियारको अध्यक्षतामा १० सदस्यीय नया कार्यसमति चयन गरेको छ ।

जसको उपाध्यक्षमा उपाध्यक्षमा सुरेस नेपाली,सचिबमा बसन्त नेपाली,सहसचिमा सुदय परीयार र कोषाध्यक्षमा तारा परियार घनश्याम चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा राजु केसी,राम बहादुर परियार,दिलीप कार्कि, कमला लौट र रुपा विक रहेका छन ।

प्रकाशित मिति : २०७४ साउन २३ गते सोमवार
प्रतिक्रिया