दुर्घटना रोक्न ट्रक चालकलाई यस्तो ब्यवस्था

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २० साउन । दुर्घटना न्युनिकरणका लागी ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालिएको छ । राप्ती अन्चल सयुक्त ट्रक व्यवसायी समितिले ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालेको समितिका प्रशासनिक सचिव उमेशचन्द मज्गैयाले बताउनु भएको छ । समितिका ट्रक चालकले आफनो परिचय पत्र साथमा लिएर मात्र गाडी चलाउन पाउने छन् ।

चालकले सहचालक तथा अन्य जोकसैलाई गाडी चलाउन दिदा लापरबाहीका कारण दुर्घटना हुन सक्ने भन्दै त्यसो हुन नदिनका लागी ट्रक चालकलाई मात्र अनुमति परिचय पत्र प्रदान गर्न थालिएको सचिव मज्गैयाले बताउनु भएको छ । समितिको १४ औ बार्षिक साधारण सभाले पारित गरेको निर्णय अनुसार गत साउन १ गते देखी मजदुर चालकलाई अनिवार्य परिचय पत्र वितरण गर्ने भनिएको थियो ।

तर कारणबस साउनको दोस्रो हप्ता देखी परिचय पत्र वितरण गर्न लागेका छौ उहाले भन्नु भयो । समितिमा गाडी दर्ता भई सन्चालन भएका ट्रक चालकलाई परिचय पत्र अनिवार्य गरीएको छ । समिति भन्दा वाहिरका कुनै पनि मजदुर चालकले परिचय पत्र लिन चाहेको अवस्थामा पनि प्रक्रिया पुरा गरी लिन सकिने व्यवस्था मिलाइएको सचिव मज्गैयाले बताउनु भएको छ ।

समितिमा सयौ संख्यामा मजदुर चालक कार्यरत भएता पनि हाल ६ सय मजदुर चालकलाई परिचय पत्र वितरण गर्न लागीएको छ । समितिको पहिचान हुनुको साथै ट्रक चालकको पनि परिचय खुल्न सहयोग पुग्ने अपेक्षा गरीएको उहाले बताउनु भएको छ । सवारी लापरवाहीमा न्युनिकरण भई दुर्घटना हुनबाट बन्च र बचाउन सकिने समेत अपेक्षा गरीएको छ ।

प्रकाशित मिति : २०७४ साउन २० गते शुक्रवार
प्रतिक्रिया