लक्ष्मण विश्वकर्मा,तुलसीपुर १९ साउन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का वडा वासीले वडाका जनप्रतिनिधिहरुलाई आज मुल्कोटमा एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेका छन् । वडा अध्यक्ष बालकृष्ण राना,नगरकार्यपालिकाका सदस्य डिला परियार र वडाका सदस्यहरु प्रेम बहादुर डाँगी, सावित्रा रिजाल , जय बहादुर गिरीलाई स्वागत तथा सम्मान गरेका छन् ।
चमेरे गुफा संरक्षण समितिका अध्यक्ष भुव बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा विकट र दुर्गम क्षेत्र मानिने मुुुुल्कोटका वासीन्दाहरुले खानेपानी ,स्वास्थ्य र सडकबाटो तत्काल आबश्यक रहेको बताएका थिए । कार्यक्रममा महिला स्वंयम सेविका निसा पुनले महिलालाई सुत्केरी व्यथा लाग्दा अझै पनि परम्परागत शैलीमा घण्टौ समय लगाएर डोकोमा वोकेर सडक बाटो सम्म लैजानु पर्ने बाध्यता रहेको बताउनु भएको थियो ।
उहाले सडक बाटो नहुदा घण्टौ समय हिड्नु पर्ने ,सामान्य ज्वरो आउदा सिटामोल,झाडापखाला हुदा जिवनजल जस्ता औषधि लिन पनि घण्टौ समय लगाएर हलवार स्वास्थ्य चौकी खाद्रे जानुपर्ने बाध्यता भएको बताउनुभएको थियो । त्यस्तैगरी वडा अध्यक्ष रानाले अवको पाँच वर्ष भित्रमा भुगोल अनुसार दुर्गम भएता पनि सुगममा परिणत गर्ने लक्ष्य रहेको बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत हुनु भएका अध्यक्ष रानाले तत्काल अति आबश्यक पर्ने नपर्नेको पहिचान गरी योजना अघि बढाउने बताउनु भएको थियो । समग्र वडा विकास गर्नका लागी क्रमिक रुपमा योजना बनाउदै लैजाने बताउदै उहाले वडाको एक मात्र पर्यटकिय स्थल चमेरे गुफाको विकास र सुकिदह तालको संरक्षण गर्ने बताउनुृ भएको छ ।
कार्यक्रममा कार्यपालिकाका सदस्य डिला परियारले विकट वस्तीका महिलाहरुको क्षमता अभिबृद्धि र जनचेतना विकास लागी कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भएको छ । सो अवसरमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तारा देवकोटा लगाएतले वोल्नु भएको थियो ।
चमेरेगुफा संरक्षण समितिका पुर्व उपाध्यक्ष सुदिप पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका पुर्व सचिव ऋषिराम पुनले गर्नु भएको थियो । साथै जनप्रतिनिधिकरुलाई मुल्कोटवासीले १४ बुद्धे माग सहित ज्ञापन पत्र बुझाएका थिए ।।