छाडा छाडिएका पशु चौपायाले सर्वसाधरण लाई सास्ती

बसन्त परियार,उरहरी १९ साउन । तुलसीपुर उप महानगरपालीका ११ उरहरी चौकमा छाडा छाडिएका पशु चौपायाको कारणले सर्वसाधरणले सास्ती खेप्नु परेको छ । छाडा पशुचौपाया ब्यवस्थापनमा सम्बन्धित निकायले चासो नदीँदा यात्रु, सवारी आवागमनका क्रममा समस्या झेल्नु परेको छ ।
सडकमा बस गुडीरहेको अवस्थामा अगाडी आएर सडकमा बसीदिने, सडकको बिचमै हिडने गर्दा बस, मोटसाइकल, दुर्घटनामा पर्न सक्ने खतरा बढेको छ । पछिल्लो समय बजारको झल्को दिने उरहरी चौक निक्कै ब्यस्त चौक बन्दै गएको छ । साघुरा सडक त्यसमाथि छाडा पशुचौपायले गर्दा ब्यवसायी लाई समेत हैरानी छ ।

पसल अगाडी आएर उभिदिने,बस्ने गर्नाले आफुहरु लाई समस्या भएको स्थानीय कमल पोख्रेलले बताए । जति धपाउदा नी हुन्न, पसलको अगाडी आईहाल्छन पोख्रेलले भने । उनि जस्तै त्यहाका पसल सञ्चालकहरु लाई पनी हैरान छ । दूध दिदा सम्म खाने अनि दुध दिन छोडेपछि गाई छोडिदिने हुनाले पनि समस्या भएको स्थानियहरु बताउछन ।

यस्तै आफुहरुले लगाएको धान र मकै बालिमा समेत क्षति भएको किसानहरुको भनाई छ । छाडा पशु चौपायका कारण आवत जावत गर्ने स्थानियहरु लाई पनि उस्तै समस्या छ । यसै बिच छाडा पशु चौपायले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको ट्राफिक प्रहरीले दुखेसो पोख्ने गरेका छन् । प्रहरी चौकि जस्पुरका ट्राफिक ईन्चार्ज लक्ष्मण ज्ञवालीले पटक पटक धपाउदापनि त्यही चोकमा आउने गरेको बताए ।

छाडा चौपाँया ब्यबस्थापन गर्न वडा नम्बर ११ र १३ का वडाध्यक्ष सँग छलफल गर्ने उनले बताए । यसका लागि आफु लागिपरेको बताउदै कहा लगेर ब्यवस्थापन गर्ने भनेर सर्वदलिय छलफलको आवस्यक रहेको उनले बताए । सो चौकमा केहि दिन अघि स्कारपियोको ठक्कर बाट दुई वटा गाई मरेका थिए भने एउटा घाइते भएको थियो ।

फोटो : कमल पोख्रेल

प्रकाशित मिति : २०७४ साउन १९ गते बिहिवार
प्रतिक्रिया