दाङमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै,वितेको एक बर्षमा २ सय बढि बेपत्ता

बसन्त परियार, तुलसीपुर १५ साउन । दाङमा एक बर्षको अवधिमा चार सयभन्दा बढि महिला तथा बालबालिका बेपत्ता भएका छन । वितेको बर्ष २०७३।०७४ मा ४ सय ४ जना महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका सेवा केन्द्र दाङले जनाएको छ । जसमा १ सय १५ जना मात्रै फेला परेको केन्द्रकि प्रमुख, प्रहरी सहायक निरीक्षक नन्दकलि कटुवालले जानकारी दिनुभएको छ ।

उहाका अनुसार हराएका २ सय ६१ महिला मध्ये ७३ जना भेटिएका छन । यसैगरी हराएका ७४ बालक मध्ये १६ र ६९ बालिका मध्ये २६ जना फेला परेका छन । बाकि २ सय ८९ महिला र बालबालिका अझै फेला परेका छैनन् । त्यसैगरी आर्थिक बर्ष २०७२।०७३ मा ३ सय २८ जना महिला तथा बालबालिका हराएकोे तथ्यांक सेवा केन्द्रमा छ ।

हराएका मध्ये २ सय १४ महिला,४८ बालक र ६६ बालिका थिए । जसमा १८ जना महिला,५ जना बालक र १४ जना बाकिा गरी ३८ जना मात्रै भेटिएको तथ्यांक रहेको छ । बाकि २ सय ९१ जना अझै फेला पर्न सकेका छैनन् । यसरी वितेको दुई बर्ष लाई तुलना गर्दा हराउनेहरुको संख्यामा बृद्धि भएको देखिन्छ ।

अघिल्लो आर्थिक बर्ष भन्दा यस बर्ष हराउनेको संख्या ७६ ले बृद्धि भएको भने वितेको दुई बर्षमा ५ सय ८० महिला तथा बालबालिकाहरुको कुनै अत्तो पत्तो छैन । केन्द्रले निवेदन दर्ता गर्दा उल्लेखित फोन नम्बरमा सम्पर्क गर्दा कसैको फोन नलाग्ने,कसैले गलत नम्बर भएको बताउदा भेटिए नभेटिएको पत्ता लगाउन समस्या हुने गरेको छ ।

कोहि हराएर परीवारको सम्पर्कमा आउने तर केन्द्रमा जानकारी नगराईदिनाले पनि हराउनेहरुको संख्या बढेको केन्द्रकि प्रमुख कटुवालले बताउनुभयो । यसरी हराएर नभेटिएकाहरु मध्ये महिलाहरु लुकिछिपि अर्को विहे गरी घरजम गर्ने, अरु ठाउमा बस्न जाने, बालवालिका भने आर्थिक अभावका कारण कामको सिलसिलामा छिमेकि देश भारत जाने, वालविबाह गरी अभिभावक संग अन्यत्र जाने गरेको पाईन्छ ।

प्राय आर्थिक अबस्था कमजोर भए पछि धन पैसा कमाउन, श्रीमान श्रीमतीको सम्बन्ध राम्रो नभएर, परिवारका अन्य सदस्यहरु सँगको बेमेलका कारण, घरेलु हिंसामा परेर पनि महिलाहरुले घर छोडेर जाने गरेको उहाले बताउनुभयो ।।

प्रकाशित मिति : २०७४ साउन १५ गते आइतवार
प्रतिक्रिया