प्रिया स्मृति गजमेर,लमही १४ साउन । नेपाली काग्रेसको भातृ संगठन नेपाल दलित संघ क्षेत्र न.१ ले एक कार्यक्रमको आयोजना गरि स्थानिय तहको निर्बाचनमा निर्बा्चित जनप्रतिनिधिहरुलाइ बधाइ तथा सम्मान गरेको छ । क्षेत्रीय सभापती प्रबल रसाइलिको सभापतित्व एबम नेपाली काग्रेस क्षेत्र न.१ का क्षेत्रीय भेषराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लमही नगरपालिका,गढवा गाउँपालिका र राजपुर गाउँ पालिका बाट निर्वाचित जनप्रतिनिधिहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसि,महासमिती सदस्य जानकीलाल बस्नेत,नेपाली काङ्रेसका जिल्ला सदस्य राम प्रताप चौधरी,महिला संघकि केन्द्रीय सदस्य गिरिजादेबि न्यौपाने,महाधिवेशन प्रतिनिधि तारा नेपाली,शुसिला चौधरी,नेपाल दलित संघका महाधिवेशन प्रतिनिधि तेज बहादुर नेपाली लागाएतले बोल्नु भएको थियो ।
नेपाल दलित संघ क्षेत्र नम्बर १ का उपाध्यक्ष निमा सुनारको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण पुर्ण प्रकाश बिकले गर्नु भएको थियो ।