सल्यानमा झन्डै २६ करोड रुपैया खर्च भएन

सल्यान,१३ साउन । सल्यानमा आर्थिक वर्ष २०७३/२०७४ मा २६ करोड १७ लाख ३४ हजार २ सय ७३ रुपैया फ्रिज भएको छ । ३ अर्व ८५ करोड ४१ लाख ९३ हजार ६ सय ५० बजेट मध्ये ३ अर्व ५९ करोड, २४ लाख ३९ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जानकारी दिएको छ ।

यस बर्ष सबैभन्दा धेरै जिल्ला समन्वयन समितिको बजेट फ्रिज भएको छ । जिल्ला समन्वयन समितिको ४ करोड ५६ लाख ६० हजार, जिल्ला स्वास्थ्य कार्यलयबाट ४७ लाख ६२ हजार, जिल्ला प्रबिधिक कार्यलय बाट १९ लाख ३९ हजार बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सुचना अधिकारी बुद्धिमान बस्नेतले जानकारी दिनु भयो ।

उहाँले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको २ करोड ६२ लाख, ३८ हजार, कृर्षि बिकास कार्यालय बाट ११ लाख ४६ हजार र अन्य कार्यलय बाट ९ करोड ८४ लाख ३९ हजार बजेट फ्रिज भएको बताउनु भयो ।
पुराना योजना निमार्णका काम सम्पन्न भएको र नयाँ योजनाको स्टेमेट तथा ठेक्कापट्टा नभएका कारण बजेट फ्रिज गएको उहाँको भनाई रहेको छ । आर्थिक वर्ष २०७२/२०७३ मा १० करोड ३४ लाख ८१ हजार बजेट फिर्ता भएको हो ।

“समयमा नै बजेट निकासा नहुनु, काम कारवाही चुस्तद्रुस्त हुन नसक्नु, लगायतका विभिन्न कारण बजेट फ्रिज हुने गरेको छ,” कोष नियन्त्रक बस्नेतले बताउनु भयो । उहाँले जिल्लामा आवश्यक जनशक्तिका अभावका कारण पनि बजेट फ्रिज हुने गरेको बताउनु भयो ।

प्रकाशित मिति : २०७४ साउन १३ गते शुक्रवार
प्रतिक्रिया