विश्वविद्यालय पूर्विय दर्शनको केन्द्र : उपकुलपति कोईराला

 

तुलसीपुर, १२ साउन । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्रका रुपमा विकास गर्नुपर्ने वताएका छन् । उनले विश्वभर नै संस्कृत शिक्षाको आवश्यकता वढेको वताउदै यसलाई सवैले जोगाएर राख्नुपर्ने समेत वताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले आयुर्वेद,वैदिक कृषि, ज्योतिष वास्तुशास्त्र, प्राकृतिक चिकित्सा जस्ता कुरालाई विश्वविद्यालयले योजनामा राखेको समेत वताउनु भएको थियो ।

स्थानिय तहमा निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गर्नका लागि विश्वविद्यालयले आयोजना गरिएको कार्यक्रममा वोल्दै विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले विश्वविद्यालय आफैले योजना वनाएर अगाडि वढ्नुपर्ने वताउदै विश्वविद्यालयको विकासका लागि उपमहानगरपालिका सहयोग गर्न तत्पर रहेको पनि वताएका थिए । प्राज्ञिक थलोमा विभिन्न समयमा हुने गरेका आन्दोलनले विश्वविद्यालयको छवि विगारेको वताउदै उनले विश्वविद्यालयको गरिमा जोगाउनमा सवैले ध्यान दिनुपर्ने वताए ।

विश्वविद्यालयलाई योगको केन्द्रका रुपमा विकास गर्न सकिए विश्विद्यालयको शाख वढेर जाने समेत उनले वताएका थिए कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले विश्वविद्यालयको जग्गाको समस्या समाधानका लागि आफुले विशेष चासो दिने कुरा वताएका थिए । विश्वविद्यालयको विकासका लागि स्रोतलाई उचित व्यवस्थापना गर्नुमा ध्यान दिनुपर्ने समेत उनले वताएका थिए ।

शिक्षाध्यक्ष रमेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, उपमेयर माया आचार्य, लमही नगरपालिकाका मेयर कुलवहादुर केसी, ववई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठ, प्रहरी प्रमुख भुवनेश्वर तिवारी, वडाध्यक्षहरु श्याम डाँगी, माधव वली, रामवहादुर योगी लगायतलाई सम्मान गरिएको कार्यक्रममा सह प्रशासक हिमलाल पन्थीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा जनता विद्यापिठका प्राचार्य माधव अधिकारीले विश्वविद्यालयका वारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रशासक प्रदिप गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७४ साउन १२ गते बिहिवार
प्रतिक्रिया