मिना बुढाथोकी, सल्यान साउन १२ । सल्यानमा ३ महिनाकी एक सुत्केरी महिलाको अन्धविश्वासमा परि उपचारको अभावमा ज्यान गएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालीका – ६ माथिल्लो डुडाखोला निवासी २१ वर्षीया पार्वती वि.क.लामो समयदेखी बिरामी भएपनि उपचारको साटो धामी झाँक्रिको भरपर्दा बुधबार वेलुकी ज्यान गएको हो ।
स्थानीय दुर्गा विशिका अनुसार वि.क. १ महिना देखि विरामी परेको र स्थानीय मेडीकल साथै धामि झाँक्रिको भर पर्दा विकको उपचारको अभावमा अकालमै ज्यान गएको हो । विरामी वि.क.लाई औषधी उपचार गर्नुको साटो झार फुक र धामी झाँक्रिको अन्धविश्वाले गर्दा उनकाज्यान गएकोे जनाईएको छ ।
विकको ज्यान गएपछि उनकी ३ महिनाकी छोरीको भने विचल्ली भएको छ । मृर्तकका पति शरद वि.क भने रोजगारिको लागि कतारमा रहेको र बालिकालाई हेरचाह गर्ने समस्या भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति : २०७४ साउन १२ गते बिहिवार