२०८२ माघ ११ गते आइतवार

तुलसीपुरमा अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु,मेयर पाण्डेले भने खेलकुदको गन्तव्य बनाउनुपर्छ

लक्ष्मण बस्नेत, तुलसीपुर १२ साउन ।
दाङको तुलसीपुरमा आज विहिबार देखी कोकाकोला अन्तरविद्यालय स्तरिय छात्र÷छात्रा फुटबल प्रतियोगिता २०७४ सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन खेलमा गोरखा माबि तुलसीपुरले विजयी यात्रा सुरु गरेकोछ । गोरखा माबि घोराहीलाई सुन्यका विरुद्ध १ गोल अन्तरले पराजीत गर्दै गोरखा माबि तुलसीपुरले. विजयी यात्रा सुरु गरेको हो ।

खेलमा गोरखा तुलसीपुरका खेलाडी लेखनाथ महरले खेलको दोश्रो हाफ्को २८ औ मिनेटमा गरेको गोल नै निर्णायक गोल सावित भयो ।
साउन २१ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित निजी तथा सामुदायीक विद्यालयका गरी १७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता÷उपविजेता टिम तथा उत्कृट खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैविच प्रतियोगिताको उद्घाटन एक भव्य समारोहका विच तुलसीपुर उपमहानगरपालिकाका मेयर कार्यक्रमका प्रमुख अतिथी घनश्याम पाण्डेले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पाण्डेले दाङ जिल्लालाई खेलकुदको गन्तव्यका रुपमा विकास गर्नु पर्ने बताउनु भएको छ । जिल्लाको समृद्धीका लागि खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको तर्क गर्नु भएका पाण्डेले अव एउटा टाइम लाइनका साथ खेलकुदका वहुउदेश्यीय योजना अगाडी वढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पाँच वर्ष भित्र राष्ट्रिय खेलकुद, १५ वर्ष भित्र दक्षिण एशियाली खेलकुद जस्ता अति महत्वका प्रतियोगिताहरु संचालन गर्न सक्ने खालाका वहुउदेश्यीय खेल संरचना निर्माणमा आफु लागि पर्ने समेत उहाँले बताउनु भयो । यसका लागि खेल सम्बद्ध सबैको सहयोग अपरिहार्य रहेको उहाँको भनाईछ । खेलकुद साधना हो यसलाई जिवनको महत्वपुर्ण अगंका रुपमा विकास गर्नु पर्छ भन्नु भएका पाण्डेले खेल विकासको पहिलो चरण उपमहानगरका १९ वटै वडामा खेल संरचना निर्माणको सम्भाव्यता अध्ययन गर्न वडालाई निर्देशन दिईएको पनि स्पष्ट पार्नु भयो ।

संघका महाँसचिब सुशिल श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षरुलाई स्वागत तथा सम्मान गरिएको थियो । प्रतियोगिताको उद्घाटन दाङ जिल्ला फुटबल संघका अध्यक्ष भुपेन्द्रविक्रम थापा पुकारको अध्यक्षता तथा मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्य, नं १९ वाहिनी तुलसीपुरका बाहिनीपती बिनोद पाण्डे, अञ्चल प्रहरी राप्तिका प्रमुख ज्ञानविक्रम शाहको विशिष्ठ आतिथ्यमा भएको हो ।

सो अवसरमा मार्चपास समेत गरिएको थियो । कार्यक्रमको संचालन खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ साउन १२ गते बिहिवार
प्रतिक्रिया