सल्यान, ११ साउन । सल्यानको ढोरचौर गाउपालिकाका वडा न.ं २ का वडा सदस्य २४ बर्षिय धनेश कुमार चलाउने लाई हाडनाता करणीको अभियोगमा प्रहरीले गिरप्mतार गरेको छ । आफ्नै काकी नाता पर्ने २० बर्षिया एक महिलालाई जबर जस्तीकरणी गरेको अभियोगमा साउन ६ गते प्रहरीले आरोपित लाई गिरप्तार गरेको हो ।
अरोपितको घरमा डेरा गरेर बस्दै आएको अबस्थामा साउन ३ गते राती घरमा कोही नभएको मौकामा जबरजस्ती करणी गरेको पिडितले बताएकी छन् । पिडितको साउन ७ गते जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परिक्षण गरिएको थियो । पिडितले साउन ६ गते अस्थायी प्रहरी पोष्ट ढोरचौरमा दिएको मौखिक उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरप्mतार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा सो मुद्धा साउन ८ गते लिखित रुपमा दर्ता भएको हो । आरोपित बैशाख ३१ गते सम्पन्न स्थानिय तह पहिलो चरणको निर्बाचनमा माओबादी केन्द्र बाट निर्बाचित वडा सदस्य हुन । घटनाको थप अनुसन्धान भैरहेको डिएसपि श्याम खत्रीले जानकारी दिनु भएको छ ।