नौ दिनमा साढे चार हजारले नामावली दर्ता गराए

तुलसीपुर,९ साउन । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यक्रम जारी छ । जिल्लाका बिभिन्न स्थानका नागरीकहरु दाङको जिल्ला निर्बाचनको कार्यालयमा उस्थित भएर नामावलीमा नाम दर्ता गराई रहेका छन् । कार्यालयका अनुसार अहिले सम्म चार हजार चार सय ३९ जनाले नाम दर्ता गराएका छन् ।

जसमा दुई हजार दुई सय ५३ महिला तथा दुई हजार दुई सय २६ पुरुषले फोटोसहितको नामावलीमा नाम दर्ता गराएका छन् । यही साउन १ गते सुरु भएको नामावली दर्ता कार्यक्रम साउन महिना भर जारी रहने छ ।

१५ गतेसम्म जिल्ला निर्वाचनको कार्यालयबाट तथा साउन १६ गतेबाट ३२ गतेसम्म जिल्लाका घोराही उपमहानगरपालिका बाहेकका स्थानीय तहमा नामावली संकलन गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकारी बिजयकुमार कार्कीले जनकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७४ साउन ९ गते सोमवार
प्रतिक्रिया