तुलसीपुर,९ साउन । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ का लागी अनुमानित ८६ करोड वजेट विनियोजन हुन लागेको छ । स्थानिय तहको निर्वाचन पछि पहिलो आर्थिक वर्षमा नगरका प्रत्येक वडामा अनुमानित रु एक करोडका दरले वजेट विनियोजन गरीने तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता श्याम डाँगीले जानकारी दिनु भएको छ ।
स्थानिय तहको निर्वाचन पश्चात नगरको पहिलो नगर सभा यहि साउन २५ गते तुलसीपुरमा हुन लागेको हो । नगर सभाको मिति नजिकीदै गर्दा वस्तीस्तरका योजना छनोट गर्ने कार्यलाई तिव्रता दिइएको छ । प्रत्येक वडाको वस्ती स्तरहरुका योजना छनोट गरी प्राथमिकताको आधारमा वडा कार्यलयमा पेश गर्नु पर्नेछ ।
नगरका वडा नं. १ देखी १९ नम्वर वडाका प्रत्येक टोल तथा वस्ती स्तरका योजना छनोट गरी यहि साउन १० गते सम्म सम्वन्धित वडा कार्यालयमा पेश गर्नु पर्नेछ । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता डाँगीले दिएको जानकारी अनुसार टोल वस्ती स्तरबाट आएका योजनालाई ११ गते वडा कार्यालयले अध्ययन गरी १२ गते नगरपालिकामा सिफारिस गरी सक्नु पर्नेछ ।
त्यस्तैगरी सवै वडाबाट आएका योजनालाई १७ गते नगरपालिकामा आएका योजनाका सिफारिसलाई अध्ययन गरी २१ गतेको कार्यपालिकाको वैठकमा पेश गर्नु पर्ने प्रावधान रहेको छ ।।