सात दिनमा झण्डै चार हजारले मताधिकार सुरक्षित गरे

बसन्त परियार,तुलसीपुर ८ साउन । दाङमा जारी फोटो सहितको मतदाता नामावली संकलनमा ७ दिनमा ३ हजार ७ सय बढिले नाम दर्ता गराएका छन् । यही साउन १ गते देखी सुरुभएको मतदाता नामावली संकलनमा ७ गते सम्म ३ हजार ७ सय ७ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालय दाङले जनाएको छ ।

नाम दर्ता गराउनेहरुमा पुरुष भन्दा महिला धेरै रहेका छन् । १ हजार ९ सय १२ जना महिलाले ७ दिनमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएर मताधिकार सुरक्षित गरेका छन् । त्यस्तै १ हजार ७ सय ९५ जना पुरुषले नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिएका छन् ।

हिजो शनिबार पनि निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम दर्तालाई जारी राखेको थियो । हिजो मात्रै २ सय ९० जनाले ना दर्ता गराएका थिए । साउन महिना भर नाम दर्ता गर्ने गरि तयारी गरेको आयोगले साउन १५ पछि सबै तहका केन्द्रबाट पनि नामावली संकलन गर्ने भएको छ ।

प्रकाशित मिति : २०७४ साउन ८ गते आइतवार
प्रतिक्रिया