हेमराजको हत्या भएको सात बर्ष पुरा, हत्यारालाई कार्वाही गर्ने प्रहरीको पुरानै प्रतिवद्धता

 

ओपेन्द्र बस्नेत, तुलसीपुर, ७ साउन /

दाङका सुरक्षा अधिकारीहरुले देविप्रसाद धिताल हेमराजका हत्यारालाई पहिचानगरि कार्वाही गर्ने प्रतिवद्धता दोह¥याएका छन् । यसअघि पनि कार्वाहीका लागि प्रतिवद्धता जनाएका सुरक्षा अधिकारीले ७ बर्ष पछिपनि त्यही प्रतिवद्धता दोह¥याएका हुन् । धितालको २०६७ साल साउन ६ गते अपरान्ह करिब साँडे ५ बजे तुलसीपुर—सीतलपुर सडक खण्ड अन्तर्गत हेमनगरमा गोलि हानी हत्या गरिएको थियो ।

देविप्रसाद धिताल हेमराज प्रतिष्ठान तुलसीपुरले आज शनिबार तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले घटनालाई गम्भीरतापूर्बक लिएको बताउदै जानकारी पनि निरन्तर रुपमा लिइरहेको बताउनुभयो ।

‘म आएको १२ दिन भयो, प्रजिअ श्रेष्ठले भन्नुभयो, निरास नहुनुहोस्, ब्यापार ब्यबसाय गर्नुहोस्, सुरक्षाको अनुभुति हुनेगरि काम गर्नेछु ।’ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी नायब उपरिक्षक भूवनेश्वर तिवारीले स्वर्गीय धितालकी छोरीको रोद्न,आँशुका थोपाले थप गम्भीर र संबेदनशील बनाएको बताउदै अपराधिहरुको पहिचान गरि कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘तपाईहरुले सहयोग गर्नुहोस् ती अपराधिहरुलाई पक्राउ गर्न प्रहरी सफल हुने छ, ‘प्रहरी नायब उपरिक्षक तिवारीले भन्नुभयो’ एक दिन अपराधी कानुनी कठघरामा आउने छन ।’ त्यसैगरी कार्यक्रमा हत्यारालाई किन पक्राउ गर्न नसकेको भन्दै स्वर्गीय धितालकी छोरी मनिषाले सुरक्षा प्रमुखसग जिज्ञासा राख्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रमा सामुदायीक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, नेपाल रेडक्रसका जिल्ला अध्यक्ष नारायण आचार्य, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सुष्मा गिरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाह,वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने, राष्ट्रिय जनमुक्ति लिला पुन,राप्रपा राष्ट्रबादीका हंशराज केसी, मानव अधिकारकर्मी तेजबहादुर कार्की, पत्रकारहरु लिला शाह,गणेश आचार्य,तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मीनराज भण्डारी,जेष्ठ नागरिक ललितबहादुर वली लगायतले सञ्चार उद्यमी देबिप्रसाद धिताल हेमराजको हत्याराको पहिचान गरि कारर्बाही गर्न सरकारसंग माग गरेका थिए ।

सो अवसरमा प्रतिष्ठानले स्थानिय तहको निर्वाचनमा सुरक्षार्थ खटिएका तत्कालीन प्रहरी हवलदार दुर्गाबहादुर रानालाई प्रभाबकारी सुरक्षा दिन सफल भएको भन्दै ७ हजार नगद सहित पुरस्कृत गरेको छ । त्यस्तै पत्रकार लिला शाह, यातायात मज्दुर नीमबहादुर डाँगी, तेजबहादुर कार्की र यातायात ब्यबसायी तेजमणी आचार्यलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष हरीप्रसाद रजौरियाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सुरेश हमालले गर्नु भएको थियो भने धन्यबाद ज्ञापन सल्लाहकार मोहनप्रसाद धितालले गुर्न भएको थियो । कार्यक्रमको सहजीकरण सल्लाहकार सुशील बस्नेतले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ साउन ७ गते शनिवार
प्रतिक्रिया