श्रेष्ठको ३९औँ स्मृति दिवस तुलसीपुरमा मनाईयो

तुलसीपुर,७ साउन । नेपाली कम्युनिष्ट आन्दोलनका सस्थापक पुष्पलाल श्रेष्ठको ३९ औ स्मृति दिवस तुलसीपुरमा मनाइएको छ । एमाले दाङ्ग र पुष्पलाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले पुष्पलालबाट नेपालका कम्युनिष्टहरुले धेरै कुरा सिक्नुपर्ने वताएका थिए ।

अहिले मुलुक पुष्पलालले कोरेका बाटोमा अगाडी वढिरहेको वताउदै उनीहरुले पुष्पलाल कम्युनिष्ट आन्दोलनमा वलियो धरोहर रहेको समेत वताए । पुष्पलालको विचारको सम्मान गर्नका लागि सवै कम्युनिष्ट एकजुट हुनुको विकल्प नभएको कुरामा पनि वक्ताहरुले जोड दिएका थिए । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष वामदेव शर्माको अध्यक्षता एवम् वैकल्पिक केन्द्रीय सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता र पुर्वमन्त्री महेश चौधरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जिल्ला अध्यक्ष टिकाराम खड्का , टोपेन्द्र खत्री, ढुन्डीराज लामिछाने , नारायण आचार्य, छविलाल वलि, लोकमणि आचार्य, संगित वस्याल, मानवहादुर विक र सावित्रा विक लगायतले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्नुभएको थियो । राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन देवराज विकले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ साउन ७ गते शनिवार
प्रतिक्रिया