ओपेन्द्र बस्नेत ,तुलसीपुर ५ साउन । तुलसीपुर उप महानगरपालिकाले २० लाख लगानिमा निर्माण गरेको बायोग्यास प्लान्ट प्रयोग विहिन भएको छ । नगरपालिकाले पशुबधशालाबाट निस्केको फोहर व्यवस्थापनका लागि दुई दुइबर्षको अन्तरालमा पशुबधशालामा ३०/३० घनमिटरका दुई वटा बायोग्यास प्लान्ट निर्माण गरेको थियो ।
स्थानीय विकास मन्त्रालयको सहयोगमा खसी र रा“गा मार्केटमा १०÷१० लाख लगानीमा दुई वटा बायोग्या“स प्लान्ट निर्माण भएपनि एक बर्ष नहुदै विग्रेपछि संचालनमा आउन नसकेको स्थानीयले बताएका छन् । तुलसीपुर उप महानगरपालिका सव इन्जिनियर खड्क विकका अनुसार २०७२ असाढ २५ मा रा“गा मार्केट र २०७३ असाढ २५ मा खसी मार्केमा बायोग्या“स प्लान्ट निर्माण गारिएको थियो ।
पहिलो चरणमा निर्माण गरिएको ग्याँस डेढ बर्ष संचालनमा आएपनि दोस्रो चरणमा निर्माण गरिएको ग्याँस भने एक बर्ष नपुग्दै विग्रिएको छ । जसका कारण मासु व्यवसायीरु आर्थिक भारमा समेत परेका छन् । ग्याँस प्रयोग गर्दा मासीक २ देखि ३ हजार सम्म आर्थिक बचत हुने गरेकोमा अहिले ग्याँस सिलिण्डर प्रयोग गर्दा बचत हुन छोडेको मासु व्यवसायी समितिका अध्यक्ष अर्जुन खड्काले जानकारी दिनुभयो । पशुबधशालामा मासु विक्रिका लागि २१ वटा सटर रहेका छन् ।
दैनिक ७ क्वीन्टल फोहर व्यवस्थापनमा समस्या
करिब ३ महिनादेखि ग्यास प्लान्ट विग्रिएपछि फोहर व्यवस्थापनमा समस्या देखिएको ग्या“स प्लान्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । व्यवसायीले पशुहरुको मलमुत्र र कुईहिएको आलुबाट ग्याँस संचालन गर्दै आइरहेका थिए । ग्यास प्लान्ट संचालनमा आउन छोडेपछि पशुबधशालाबाट निस्कने ७/८ क्वीन्टल फोहर नजिकै रहेको पातुखोलामा फाल्ने गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।
रा“गा, खसी,बंगुरबाट निस्केको लादी, खुर, रौं र कुखुराबाट निस्केको भुत्लालाई मानववस्तीको विचमा रहेको पातुलमाखोलामा लगेर फाल्ने गरिएको छ । ‘लाादी फालेपनि पशुपंक्षीको भुत्ला तथा रौं थुपारेर राख्छौ, नगरपालिकाको फोहर संकलन गर्ने ट्याक्टर ल्याउन आउदैन, रोल्पाली डा“गी कुखुरा फ्रेसहाउसका निमबहादुर डाँगीले भन्नुभयो गन्ध आउन थालेपछि लगेर खोलामा फाल्छौ ।’ फोहर व्यवस्थापनका लागि तुलसीपुर उप महानगरपालिकालाई आग्रह गरेपनि सुनुवाई नभएको व्यवसायी डाँगीले बताउनुभयो ।
पशुबधशाला वरीपरी ठूलो मानव वस्ती भएका कारण फोहरले स्वास्थयमा प्रतिकूला असर पुरयाउने भन्दै तत्काल यसको व्यवस्थापन गर्न मासु व्यवसायीहरुले माग उप महानगरपालिकासंग माग गरेका छन् । उनिहरुले पशुबधशालामा दैनिक टयाक्टर पठाउँ अनुरोध समेत गरेका छन् ।
मानव स्वास्थ्यमा ठूलो असर पुग्छ : चिकित्सक
मानववस्ती विचमा रहेको फोहरको तत्काल व्यवस्थापन गर्न नसके त्यसले मानव स्वास्थ्यमामा ठूलो असर पार्ने राप्ती अंचल अस्पताल तुलसीपुरले बताएको छ ।
फोहरका कारण वातावरण प्रदुशण हुनुका साथै झाडापखाला, टायडफायड र पशुपंक्षीमा लागेको रोग समते सर्न सक्ने सम्भावना रहने राप्तीअंचल अस्पतालका डा. लिजन महर्जनले बताउनुभयो । बर्षायाम र त्यसमा पनि खोलामा लगेर फोहर थुपार्ने भएकाले मानव स्वास्थ्यका लागि अत्ययन्तै जोखीमपूर्ण रहेको डा. महर्जनले बताउनुभयो ।
के भन्छ उपमहागर ?
यता तुलसीपुर उपमहानगरपालिको अबिलम्ब ग्याँस प्लान्ट मर्मत गरिने बताएको छ । अहिले सम्म कुनै जानकारी नआएको भन्दै तुलसीपुर उप महानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले यसैलाई आधार मानेर तत्काल मर्मतसम्भार गरेर संचालनमा ल्याउने बताउनुभयो ।
ग्याँस प्लान्टले फोहर व्यवस्थापनमा ठूलो सहयोग पुरयाएको भन्दै संचालनमा ल्याउनुको विकल्प नभएको उहाँले बताउनुभयो । ‘त्यहाँका व्यवसायीकोपनि संरक्षण गर्ने दायीत्व हो, ग्याँसले नगरपालिकालाई भन्दा पनि उहाँहरुलाई धेरै फाइदा पुरयाएको थियो कार्यकारी अधिकृत केसीले भन्नुभयो जीम्मेवारीबोध सबैको हुनुपर्छ ।’