भ्रष्टाचारलाई शुन्यमा झार्छु : नगर प्रमुख अधिकारी

मिना बुढाथोकी ,सल्यान १ श्रावण । शारदा नगरपालीकामा आगामी दिनमा हुने विकासे काममा भ्रष्टाचार मौलाउन नदिने नगर प्रमुख शुरेस अधिकारीले प्रतिबद्दता व्यक्त गर्नुभएको छ । शुसासन संघ नेपाल सल्यानले आज सदरमुकाम खलंगमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरपालीकालाई भ्रष्टाचार मुक्त बनाउने आप्नो मुख्य एजेण्डा रेहेको बताउनु भएको हो ।

विगतका दिनहरुमा बजेट सिमिति रुपमा आउने गरेको र जनप्रतिनिधिहरु पनि नभएको हुदा बिकासे काममा व्यापक चलखेल हुने गरेको भन्दै उहाले कतिपय क्षेत्रमात कामनै नगरी बिल मिलान गरी रकम निकासा गर्ने गरेको खुल्ला रुपमा भ्रष्टाचार हुने गरेको खुलाशा गर्दै उहाले बरिुद्ध कडा रुपमा प्रस्तुत हुने बताउनु भयो ।

उहाले भन्नु भयो आगामी दिनमा नगरपालिका भित्र कुन स्थानमा कुन काम गर्दा उपयुक्त हुन्छ त्यसैका आधारमा रकम खर्च गरिने छ । यसो गर्नाले काम पनि हुने र पारदर्शी पनि हुने भएकाले भ्रष्टाचार न्युनिकरणमा मद्दत पुग्ने बताउनु भयो ।
यस्तै आर्थिक र सामाजिक रुपले पछाडी परेका लक्षित वर्गका लागी छुट्टाएको रकममा पनि पहिले व्यापक रुपमा अनियमितता भएको थियो नि भन्ने प्रश्नको जवाफ दिदै नगर प्रमुख अधिकारीले अबको योजना सेवाग्राही मैत्रि रहेको र लक्षित वर्गको रकम पनि लक्ष्ति वर्गको हातहातमा पुग्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिका २ का वडा अध्यक्ष केशव सिं श्रोष्ठले आप्mनो योजनाहरुले महिला हरुको स्वास्थ्यमा विशेष जोड दिएको बताउनु भएको छ । यस्तैआप्mनो कार्यकालमा नगर भित्रका बरोजगार युवा युवतिहरुको तथयाकं संकलन गरि त्यसैका आधारमा सिप मुलक कार्यक्रम संचालन गर्ने बताउनु भयो ।

सो अवसरमा शुसासन संघ नेपाल सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माले आफुहरुले सेवा प्रदायक र सेवा ग्राहीबीच सुमधुर सम्बन्ध स्थापना गर्नका लागी यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम विगत देखीनै गर्दै आएको जानकारी दिनु भएको थियो । कार्यक्रमको संचालन पत्रकार डिल्लीराज रावतले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७४ साउन १ गते आइतवार
प्रतिक्रिया