तुलसीपुर,३० असार । तुलसीपुर बाट प्रहरीले दश जुवाडेहरुलाई पक्राउ गरेको छ । नया बसपार्क स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गयराति उनिहरुलार्ई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
जुवाडेको साथबाट झण्डै ३३ हजार रुपैया समेत बरामद गरीएको डिएसपि लोकनाथ तिम्सिनाले बताउनुभएको छ । यसबारेमा आवस्यक अनुसन्धान तथा कारवाहिका लागि जिल्ला प्रहरी कार्यालयमा पठाईने उहाले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७४ असार ३० गते शुक्रवार