ज्ञानज्योतिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

तुलसीपुर,२९ असार । तुलसीपुरको ज्ञानज्योति स्कुलले कक्षा ११ विज्ञान संकायका नव आगन्तुक विद्यार्थीहरुका लागि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान संकाय संयोजक सुन्दर देवकोटाको अध्यक्षता एवम् नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक निलप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले विद्यार्थीहरुले अध्ययनलाई प्राथमिकता दिदै अनुशासनमा पनि ध्यान दिनुपर्ने कुरा उल्लेख गरेका थिए । विद्यालयका प्राचार्य सुरेन्द्र जिसीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा विज्ञान विषय सहसँयोजक रोशन सेन्चुरी, मदनराज भट्ट, दिपेन्द्र डिसी,परशुराम चौधरी, रामलाल चौधरी,पुर्ण वस्नेत लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मिलन थापा, निशा वुढाथोकी, समीर वलीले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा देशराज दाहालले विद्यार्थीहरुलाई जीवन जीउने तरिका र शिक्षण पद्धतिका वारेमा प्रशिक्षण दिएका थिए कार्यक्रमको सञ्चालन सञ्चार विभाग प्रमुख वसन्त विवश आचार्यले गरेका थिए ।।

प्रकाशित मिति : २०७४ असार २९ गते बिहिवार
प्रतिक्रिया