सल्यानमा पाठेघर खस्ने सवाल सम्बन्धी अन्र्तक्रिया

मिना बुढाथोकी ,सल्यान २९ असार । महिलाको आङ्ग खस्ने अथवा पाठेघर खस्ने समस्याको मुख्य कारण कम उमेरमा विवाह र कम उमेरमा बच्चा जन्माउनु भएको देखिएको छ । सल्यानमा आज आयोजित महिलाहरुको आंग खस्ने सवाल सम्बन्धी कार्यक्रममा सहभागीहरुले एस्तो निष्कर्ष निकालेका हुन ।

कार्यक्रममा बोल्दै जिल्ला अस्पताल सल्यानका परिवार नियोजन सुपरभाइजर खिमेन्द्र शाक्यले बाल विवाह र बाल प्रजनन महिला हरुको पाठेघर खस्नुको मुख्य कारण रहेको बताउनु भयो । कार्यक्रमको सहजीकरण गर्दै लैगिक समानता तथा समाजिक समावेशीकरण केड नेपालका इश्वरी नेपालले छिटो छिटो बच्चा जन्माउनु, धेरै बच्चा पाउनु ,धेरै पटक गर्भपतन गरेपछि कमजोरीका कारण पनि महिला हरुको पाठेघर खस्ने गरेको बताउनु भयो ।

यस्तै उहाले कम उमेरमा बिहे गर्दा र कम उमेरमा बच्चा जन्माउदा ,सुत्केरी भएको बेला महिला ले आराम गर्न नपाउदा पनि महिला हरुमा पाठेघर खस्ने समस्या हुने गरेको बताउनु भयो । लैगिक समानता तथा समाजिक समावेशीकरण केडमा रहेर लामो समय देखी काम गर्दै आउनु भएकी अरुणा चौधरीले प्रजनन अधिकार भित्र रहेर महिला हरुको आङ्ग खस्ने समस्याका बारेका आप्mनो संस्थाले विभन्न छलफल गरेको बताउनु भयो ।

यस विषयलाई समुदाय स्तरमा पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको उहाले कार्यक्रममा जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै शारदा नगर पालिकाका उप प्रमुख सावित्रा बस्नेतले महिलाको आङ्ग खस्ने समस्या न्युनिकरणका लागी आफुले हर प्रयास गर्ने बताउनु भएको छ ।

आफुपनि महिला भएकै कारण महिलाहरुको स्वास्थ्य लाई मध्यनजर गर्दै पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्दता व्यक्त गर्नु भएको छ । यस्ता समस्या न्युनिकरण गर्नका लागी नगरको कानुन बनाई वडा अध्यक्ष र महिला सदस्यलाई स्थानीय स्तरबाट महिला स्वास्थ्य स्वयंसेविका हरु संग मिलेर डाटा संकलन गर्न लगाउने समेत बताउनु भयो ।

लैगिक समानता तथा समाजिक समावेशीकरण सल्यानको आयोजना र महिला अधिककार प्रजनन कार्यक्रमको सहयोगमा सम्पन्न कार्यक्रममा शारदा नगर प्रमुख शुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन संस्थाका अध्यक्ष कृष्ण वलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ असार २९ गते बिहिवार
प्रतिक्रिया