शरद रेग्मी, तुलसीपुर २९ असार ।
तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिर बहादुर रावत विरु निर्विरोध निर्वाचित भएका छन । बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारि दिएका सुमन पुनले आफनो उम्मेदवारि फिर्ता लिए पछि रावत निर्विरोध निर्वाचित भएका हुन ।
३ कार्यकाल संघको वरिष्ठ उपाध्यक्ष बनेका रावत आगामि ३ वर्षिय कार्यकालका लागि निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रविण लम्सालले बताउनु भयो । सर्वसहमतिका लागी भएका लामो प्रयासका वावजुत निर्विरोध रुपमा सघको १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको उद्योग उपाध्यक्ष र अन्य ३ जना सदस्य भने निर्वाचित हुन बाकि रहेको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित कार्य समितिको बाणिज्य उपाध्यक्षमा राम प्रसाद चालिसे , खुल्ला उपाध्यक्षमा मिनराज भण्डारि , महासचिवमा रुपबहादुर खत्रि , कोषाध्यक्षमा डिल्ली बहादुर वलि, सचिवमा बिनिल केसी र सहकोषाध्यक्षमा देवबहादुर केसी निर्विरोध निर्वाचित भएका हुन । त्यसैगरि समितिको सदस्यहरुमा एशोसियट सदस्यमा यज्ञबहादुर केसी , महिला सदस्यमा सपना वस्नेत र पवित्रा केसी तथा खुल्ला सदस्यमा टेक प्रकाश केसी , सुनिल आचार्य , तुले दमाई , हेमेन्द्र खडका र हेमराज गौतम निर्विरोध निर्वाचित भएका हुन ।
यसैबिच निर्वाचन समितिले आज बिहिवार नै निर्विरोध निर्वाचित भएका संघका पदाधिकारिहरु तथा सदस्यहरुको घोषणाका साथै टिका लगाएर वधाई ज्ञापन गरेको छ । भने निर्वाचित नयाँ कार्यसमितिले केहि दिन भित्रै पदभार ग्रहण गर्ने निर्वाचन समितिका सदस्य राम शरण चौधरीले बताए ।
यसैबिच संघका निर्वतमान अध्यक्ष बिमल रिजालले आफुनो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सवै प्रति आभार एव धन्यबाद दिएका छन । साथै रिजालले संघको नयाँ कार्यसमिति चयनमा निर्विरोध निर्वाचित गराउन भुमिका निर्वाह गर्ने सवै लाई धन्यबाद दिएका छन ।
यसैबिच नवनिर्वाचित अध्यक्ष बिरवहादुर रावत बिरुले आफुुले सवै व्यवसायीहरुलाई एक बनाएर अगाडि वढने बताएका छन । साथै रावतले ब्यवसायीहरुको सुरक्षा लगाएत संघले गर्दै आएका कार्यहरुलाई पुर्णता दिनका लागी पर्ने बताए ।