ओपेन्द्र बस्नेत,तुलसीपुर २७ असार । ब्यापारी राजकुमार श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका थप चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले तुलसीपुर उपमहानगरापालिका ८ मालभुङ निवासी बर्ष २८ का भुपेन्द्र भण्डारी, तुलसीपुर २ बालापुर बस्ने बर्ष ३७ का मानबहादुर भण्डारी, यस्तै वडा नम्बर ६ को स्याउली बजार बस्ने बर्ष २० कि पुजा घर्ति र उनका वुवा बर्ष ३९ का टीकाराम घर्ति लाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
अनुसन्धानमा लागेको प्रहरीले मानबहादुर, टिकाराम र पुजालाई बाँकेको डुरुवा गाउँपालिका ६ स्थित नेपाल र भारतको सिमानामा लुकिछिपी बस्दै आइरहेको समयमा बाँकेबाट खटी गएको प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी भुपेन्द्रलाई तुलसीपुरमा पक्राउ गरिएको हो ।
यस्तै अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर ११ कटाहा निबासी बर्ष ३० का खुमबहादुर केसीलाई प्रहरीले काठमाण्डौ बाट आज पक्राउ गरी दाङ तर्फ ल्याउदै छ । त्यसैगरी तुलसीपुर ९ बेलुवा निबासी बर्ष ४१ का नारायण वलीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।
यसैविच अपहरणमा परेका घोराहीका रण बहादुर घर्तिकोे पनि हत्या भएको छ । श्रेष्ठ भन्दा पहिलेनै रणबहादुरको हत्या भएको पक्राउ परेकाहरुले बयान दिएका छन । श्रेष्ठको हत्या भएको ठाउ देखि डेढ सय मिटर टाढा घर्तिको हत्या गरीएको हो । यस अघि प्रहरीले घटनामा उनको सँलग्नता रहेको आशँका गरेको थियो । जेठ २६ गते अपहरणमा परेका राजकुमार श्रेष्ठको २९ गते नै हत्या भएको थियो ।