सुत्केरी भत्ता पाँच हजार दिने निर्णय
तुलसीपुर २६ असाढ । पदभार ग्रहण गरेको पहिलो दिनमै तुलसीपुर उप महानगरपालीले सुत्केरीलाई पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको पहिलो बोर्ड बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषण युक्त खानाका लागि यस्तो निर्णय गरेको छ।
सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी श्रावण महिना देखि यो सेवा पाउने छन् । त्यस्तै प्रत्यक वडामा एम्बुलेन्स संचालनको प्रकृया अघि बढाउनुका साथै अपाङ्ग र जेष्ठ नागरिकलाई ५० प्रतिशत एम्बुलेन्स सेवामा छुट दिने, अपाङ्गलाई नगर प्रमुख र उप प्रमुखको कोठामा पहुँच पु¥याउन अपाङ्ग मैत्री बनाउने, कामकाजलाई चुस्तदुरुस्त बनाउन नगरपालिकाकाको प्रत्यक वडामा सीसी क्यामेरा जडान गर्ने, इलोक्ट्रोनिक्स हस्ताक्षरको व्यवस्था गर्ने, १५ दिन भित्र सर्वदलीय सर्वपक्षिय निर्णयका आधारमा प्रत्यक वडामा वडा कार्यालय स्थापना गर्ने लगाएतका निर्णय गरिएको छ ।
यस अघि प्रदभार ग्रहण गरे लगत्तै नगर प्रमुख घनश्याम पाण्डेले कर्मचारी आचारसंहिता र कार्य बिबरणमा हस्ताक्षर गरेर कामको सुरुवात गरेका थिए ।
सपथ ग्रहण
तुलसीपुर उप महानगरपालिका जनप्रतिनिधीले पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले आज तुलसीपुरमा एक समारोहका बिच जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको हो । नगर प्रमुख र उप प्रमुख सहित १९ वडाका वडाअध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका थिए ।
नगर प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुलाई तुलसीपुर निर्वाचन अधिकृत गणेश आचार्यले शपथ ग्रहण गराएका थिए भने वडा सदस्यहरुलाई उप प्रमुख पाण्डेले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै दाङका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जनअपेक्षा अनुसार काम गर्न जनप्रनिधीहरुलाई आग्रह गरे ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर घनश्याम पाण्डेले सधै जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गदै अनिमितता,ढिलासुस्ती र भ्रष्टाचार विरुद्ध आफू सतिसाल भएर उभिने बताए ।
सपथ ग्रहणपछि सहिदको शालिकमा माल्यार्पन
सपथ ग्रहण लगत्तै नगर प्रमुख पाण्डे र उप प्रमुख आचार्यले पुष्पलाल बाटीकमा पुगेर स्वर्गीय मनमोहन अधिकारी , गणेशमान सिंह, सहिद उमेश थापा, नेत्रलाल अभागी लगाएको तष्विरमा माल्यार्पन गरिएको थियो । त्यस लगत्तै पुष्पलाल बाटीकामा नगर प्रमुख र उप प्रमुखले विरुवा रोपेका थिए ।