ओमप्रकाश गुप्ता,सिसहनियाँ २४ असार ।
विदेश जाने युवाहरुले वैदेशिक रोजगारी सम्बन्धी ज्ञान नभएकै कारण ठगिने गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । वैदेशिक रोजगारी उपभोक्ता समिति सिसहनियाँको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा शनिवार सिसहनियाँमा आयोजित एक कार्यक्रमका वक्ताहरु बताएका हुन् ।
साथै उनीहरुले विदेश जाने युवाहरुले म कुन देशमा जाँदै छु, के कामका लागि जाँदै छु, मैले गर्ने काम के हो , मैले कती घण्टा काम गर्ने हो , मेन पावत एजेन्सी दर्ता भए नभएको सवै जानकारी लिएर मात्र विदेश जानु पर्ने सुझाव दिएका थिए । साथै उनीहरुले युवाले चाहेमा स्वदेशमै विदेशको भन्दा बढी आम्दानी लिन सकिने बताएका थिए ।
उपभोक्ता समितिका अध्यक्ष तिलकराम भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका कार्यकारी अधिकृत तिलकबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका कोषाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, पत्रकार ओमप्रकाश गुप्ता, सिसहनियाँ युवा सञ्जालका अध्यक्ष गौरीशंकर पाण्डे र नवशहासी युवा क्लवका सचिव बुद्धिप्रकाश पौडेल सहभागी शंकर शाही र भावना न्यौपाने लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।
३० जना युवाहरुको सहभागीता रहेको अभिमुखीकरण कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति दाङका वैदेशिक रोजगार परामर्शदाता बसन्ता पुनले गर्नु भएको थियो । पुर्णिमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बविता अधिकारीले गर्नु भएको थियो ।