काठमाण्डौ,२४ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित नहुने र अर्को संशोधन पनि नआउने टिप्पणी गर्नु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै ओलीले यो महिनाको अन्त्यसम्ममा कुनै काम अघि नबढ्ने दावी गर्नु भएको हो ।
सरकारले संसदमा रहेको संविधान संशोधन विधेयक फिर्ता लिने र आफूहरुसँग छलफल गरेर मात्रै संशोधन पेश गर्नुपर्नेमा उहाँले उल्लेख गर्नुभयो । राजपालाई मोहरा बनाएर कांग्रेसले निर्वाचनमा हार व्यहोरिने डरले दुई नम्बर प्रदेशको चुनावको मिति पर धकेलेको आरोप लगाउँदै ओलीले तेस्रो चरणमा २ नम्बर प्रदेशमा हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभयो ।
प्रकाशित मिति : २०७४ असार २४ गते शनिवार