निराश पाण्डे,शान्तीनगर २४ असार ।
नेपाली काँग्रेस शान्तीनगर गाउपालिका वडा ३ र ४ को सयुक्त भेला आज सम्पन्न भएको छ । भेलाले स्थानिय निर्वाचनमा काँग्रेसका विरुद्धमा काम गर्ने लाई कारवाहिका लागि सिफारीस गरेको छ । एकै घरका चार जना क्रियासिल सदस्य सहित दुई दर्जन बढि कावाहिको सिफारीसमा परेका छन ।
यसरी सिफारसमा पर्नेहरुमा पुर्व गाविस अध्यक्ष मदन कुमार शर्मा उहाकि श्रीमति कमला शर्मा र छोराहरु सँगित कुमार लामिछाने,सुवास लामिछाने रहेका छन । त्यसैगरी कुल बहादुर खड्का,प्रेमा केसि,अमर बहादुर गिरी विरेन्द्र डागी,माधव बस्याल,यम प्रसाद खराल , कालुराम चौधरी,लाल बहादुर वली, जोख बहादुर केसी लगायतका लाई जिल्लामा कारवाहिका लागि सिफारीस गरीएको हो ।
भेलाले वडा नम्बर ४ का उपसभापति विरेन्द्र डाँगी लाई बर्खास्त गरी तेजराम पौडेललाई मनोनित गरेको छ । साविक शान्तीगरका सभापति बुद्धिराम तिवारीको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।।