राप्ती गाउँपालिकामा कांग्रेसको बिजयी

सन्तोषकुमार गुप्ता ,भालुवाङ १९ असार ।
देउखुरीको राप्ती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजय भएको छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार नुमानन्द सुवेदीले ४७९७ मत ल्याएर विजय हुनु भएको छ । उहाँको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका श्यामेश चौधरीले ३९४२ मतमा चित्त बुझाउनु परेको छ । भने नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार खिमबहादुर केसीले ३५५७ मत र राजमोका अध्यक्ष पदका उम्मेदवार नरबहादुर केसीले १५६९ मत प्राप्त गरेका थिए ।

अध्यक्ष पदमा ८५५ मतको अन्तरले चौधरीलाई हराउदै सुवेदी विजय भएका हुन् । त्यसै गरी नेपाली कांग्रेस गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार जगदम्बा चौधरीले ४५८२ मत ल्याएर विजय हुनु भएको छ । उहाँको निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी हिमाली न्यौपानेले ४०४४ मतमा चित्त बुझाउनु परेको छ । भने नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पदकी उम्मेदवार भगवता अधिकारीले ३९२३ मत र राजमोकी चमेली चौधरीले १६१२ मत प्राप्त गरेका थिए । यसै बिच वडा नम्बर ५ मा नेपाली कांग्रेसको पुरै प्यानल विजय भएको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका गोर्वधन रावतले ६५६ मत ल्याएर विजय हुनु भएको छ । भने उहाँको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका देवप्रसाद चौधरीले ५५४ मत लिएर चित्त बझाउनु परेको छ ।

हाल राप्ती गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ताराबहादुर डिसी, वडा नं. २ मा नेकपा माओवादीका जगतबहादुर थापा, वडा नं. ३ मा चन्दर चौधरी, वडा नं. ४ मा नेपाली कांग्रेसका विष्णुबहादुर घर्ती क्षेत्री, वडा नं. ५ मा नेपाली कांग्रेसकै गोर्वधन रावत, वडा नं. ६ मा नेपाली कांग्रेसका वेदप्रसाद चौधरी, वडाख नं. ७ मा नेपाली कांग्रेसका विद्याशरण चौधरी, वडा नं. ८ मा नेकपा एमालेका गोविन्द रानामगर र वडा नं. ९ मा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारीमगर विजय भएका छन् ।

गाउँपालिकाको ५ वटा वडामा नेपाली कांग्रेसको प्यानल, ३ वटा वडामा नेकपा माओवादी केन्द्रको प्यानल र १ वटा वडामा नेकपा एमालेको प्यानल विजय भएको छ

प्रकाशित मिति : २०७४ असार १९ गते सोमवार
प्रतिक्रिया