ओपेन्द्र बस्नेत
तुलसीपुर, १६ असाढ
तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको जंगलमा फेला परेको प्रहरीले बताएको छ । गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च्च प्रहरी श्रोतले बताएको छ । विहान ४ बजे दाङ र सल्यानबाट गएको प्रहरीले टोलीले शवको पहिचान गरेको प्रहरीले बताएको छ । अपहरणमा सं्लग्न व्यक्तीले दिएको जानकारीका आधारमा प्रहरीले सो ठाउँमा गएर शवको पहिचान गरेको हो । शव दाङ तर्फ ल्याउने प्रयास भइरहेको प्रहरीले बताएको छ । घटनामा संलग्न व्यक्तिहरु दाङ, सल्यान, धादिङ लगाएतका ठाउँका रहेको र विस्तृत विवरण भोली सम्म आउने प्रहरीले बताएको छ । प्रहरीका अनुसार मुख्य योजनाकार फरार रहेका छने भने केहिलाई पक्राउ गरिएको छ ।
प्रकाशित मिति : २०७४ असार १६ गते शुक्रवार