बंगलाचुली २ मा माओवादी विजयी

दाङ, १५ असार ।

बंगलाचुली गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका मेघराज रानाको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्दी कांग्रेसका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी भएका हुन् । विजयी रानाले ३ सय ३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी पुनले २ सय ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा हिमा थापा, दलित महिला सदस्यमा मैती विक र सदस्यहरुमा चुके सुनार र भीमकुमार बुढा विजयी भएका छन् ।  कुल मतदाता १ हजार २० रहेको यस वडामा ७ सय ९१ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७४ असार १५ गते बिहिवार
प्रतिक्रिया