मिना बुढाथोकी ,सल्यान १५ असार ।
सल्यामा फेला परेकी वेवारिसे सुत्केरी महिला लाई आज महिला तथा बालबालिका कार्यालय सल्यानको पहलमा आज काठमाण्डौ पठाईएको छ । असार ६ गते सल्यानको कुमाखमालिका गांउपालिका ४ त्रिवेणी मा फेला परेकी हुन । मानसिक सन्तुलन गुमाएकी ति महिला लाई महिला तथा बालबालिका कार्यलय तथा दलित विकास समाज सल्यानको सहयोगमा असार ८ गते जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो ।
विगत ९ दिन देखी जिल्ला अस्पताल बस्दै आएकी ति महिला लाई आज मात्र काठमाण्डौ केन्द्रीय बाल कल्याण समितिको समन्वयमा कोषिष नेपालमा पठाइएको महिला विकास अधिकृत राजकुमारी राईले जानकारी दिनु भयो । उहाले भन्नु भयो कोषिष नेपाल मानसिक असन्तुलन भएका महिला तथा बेवारिसे बालबालिका कालागी अल्पकालीन पुनस्थापना केन्द्र हो ।
यदि सो महिला निको भएर फर्किएमा पारिवारिक पुर्नमिलनको जिम्मा जिल्ला बाल कल्याण समितले लिएको उहाले बताउनु भयो । यसैबिच महिला विकास अधिकृत राईले मानसिक सन्तुलन गुमाएकी बेवारिसे सुत्केरी महिलालाई सहयोग गर्ने जिल्ला प्रहरी,जिल्ला अस्पताल, संचारकर्मी ,स्ांघसंस्था, स्थानीय महिला तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।