ओपेन्द्र बस्नेत
तुलसीपुर, १४ असाढ / जनप्रतिनीति छनौटका लागि दाङमा भएको दोस्रो तहको निर्वाचनमा पुरुष भन्दा महिलाको सहभागिता बढी देखिएको छ । विभिन्न काम विशेषले युवा पुस्ता बाहिर तथा विदेशमा भएकाले महिलाको संख्या बढी देखिएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए । उनका अनुसार सवै मतदान केन्द्रमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको थियो । दाङमा खसेको २ लाख १८ हजार ३ सय ३९ कुल मत मध्य एक लाख १९ हजार ६ सय ५६ जना महिला र ९८ हजार ६ सय ८२ पुरुषले मतदान गरेका छन् । त्यसैगरी २ जना तेस्रो लिङ्गी मध्य एक जनलो मतदान गरेको बताइएको छ । ७ गाउँपालिका, २ उपमहानरपालिका र एक नगरपालिका रहेको दाङमा २ लाख ९१ हजार १ सय ७५ मतदाता संख्या रहेको थियो ।
एक सय ५१ मतदान स्थल रहेको दाङमा ३ सय ५१ मतदान केन्द्र रहेका थिए । विहान ७ बजे देखि पाँच बजे सम्म मतदान गर्ने कार्यकतालीका रहेपनि मतदाताहरु विहान ६ बजे नै मतदान केन्द्रमा आइपुगेका थिए । ठूलो उत्साह सहित आफना जनप्रतिनीधि छनौटका लागि भोट हाल्न आएका मतदाताहरु करिब २० बर्ष पछि आफनै गाउँको उमेदवार छान्न पाउँदा खुशि देखिन्थे ।
शान्ति पुर्ण रुपमा सम्पन्न
दाङमा स्थानीय तहको निर्वाचनमा ७४. ९९ प्रतिशत मत खसेको छ । ३ सय ५१ वटा मतदान केन्द्रमा शान्तिपुर्ण तवरले मतदान कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । निर्वाचन शान्तिपुर्ण र अनुसाशित तवरले सम्पन्न भएको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । यद्यपी स्थानीय तहको निर्वाचनको खारेजीको माग गर्दै आएको विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीले भने दुइ मतदान केन्द्र नजिकमा दुई वटा सुतली बम विष्पोट गराएको प्रहरीले बताएको छ । मतदातालाई तर्साउन तुलसीपुर उपमहानगरपालिका ८ को अश्वारा मतदान केन्द्र नजिकै रहेको अश्वारा सामुदायिक वनको जंगल र ३ नम्बर वडको अम्बास मतदान केन्द्र नजिकै रहेको जंगलमा बम विष्पोट गराएको प्रहरीले बताएको छ । दाङका विकट ठाउँमा रहेका मतदान केन्द्रबाट बिबरण आउँन समय लाग्ने भएकाले जम्मा खसेको मतको जानकारी गराउन नसकिएको मुख्य निर्वाचन अधिकृत खड्काले बताए ।
कहाँ कति मत खस्यो हेर्नुहोस
सि.नं. | न.पा/गा.पा | सुरु समय | खसेको मतको संख्या | कै | ||||
महिला | पुरुष | ते.ली. | जम्मा | कूल मतदाता | ||||
१ | घोराही उपमहानगरपालिका | बिहान ०७.०० देखि बेलुका ०५:०० बजेसम्म | ३२८४६ | २५६९३ | ० | ५८५३९ | ७८४२८ | 74.64 |
२ | राप्ती गाउपालिका | ९३९० | ८१०४ | ० | १७४९४ | २२९०५ | 76.38 | |
३ | दंगिशरण गाउपालिका | ५५७१ | ४४७१ | ० | १००४२ | १३४२४ | 74.81 | |
४ | बबई गाउपालिका | ६५१७ | ५३९१ | ० | ११९०८ | १६०८७ | 74.02 | |
५ | राजपुर गाउपालिका | ३८४७ | ४१९८ | ० | ८०४५ | १०४२३ | 77.19 | |
६ | शान्तिनगर गाउपालिका | ६५४० | ५०३३ | ० | ११५७३ | १५६०१ | 74.18 | |
७ | बंगलाचुली गाउपालिका | ४६५९ | ३६४६ | ० | ८३०५ | ११४०७ | 72.81 | |
८ | गढवा गाउपालिका | ८२३७ | ७६०४ | ० | १५८४१ | २१०७१ | 75.18 | |
९ | लमही नगरपालिका | १००८८ | ९१३६ | १ | १९२२५ | २४९३६ | 77.10 | |
१० | तुल्सिपुर उपमहानगरपालिका | ३१९६१ | २५४०६ | ० | ५७३६७ | ७६८९३ | 74.61 | |
जम्मा संख्या | ११९६५६ | ९८६८२ | १ | २१८३३९ | २९११७५ | ७४.९९ |