मौन अवधिमा प्रचारमा हिडेका साँसद चौधरी लखेटिए

 

दाङ, १२ असार ।

मौन अवधिमा पनि काँग्रेसको प्रचारमा हिडेका साँसद डिल्ली बहादुर चौधरी र गरिवी निवारण कोषका कार्यकारी प्रमुख नहकूल केसीलाई तुलसीपुर उपमहानगरपालिका–१७ भेलाहीमा गाउँलेहरुले आज लखेटेका छन् ।  बा ८ च ८२८२ नम्बरको गाडीमा काँग्रेसको प्रचार गर्दै आज अपरान्ह भेलाही पुगेका चौधरी र केसीसहितको टोलीलाई मौन अवधिमा पनि प्रचार गरी आचारसंहिता उल्लंघन गरेको भन्दै गाउँलेहरुले लखेटेका हुन् ।

निर्वाचन आचारसंहिता अनुसार सरकारी पदका रहेको व्यक्ति प्रचार प्रसारमा हिड्न नपाउनुका साथै मतदानको ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि काम गर्न पाइदैन । हिजो राती १२ बजेदेखि मौन अवधि शुरु भएको छ ।

प्रकाशित मिति : २०७४ असार १२ गते सोमवार
प्रतिक्रिया