बसन्त परियार,तुलसीपुर १२ असार ।
यहि असार १४ गते हुन लागेको स्थानीय चुनावका लागि आज पनि मतदाता परिचयपत्र वितरण गर्ने कार्य जारी छ । सम्बन्धित मतदान केन्द्रबाट आइतबारदेखि परिचयपत्र वितरण गर्न सुरु गरीएको हो । आफूले मतदान गर्ने केन्द्रमा आफ्नो परिचय खुल्ने सरकारी कागजात लिएर परिचयपत्र लिन सकिने आयोगले जनाएको छ । परिचयपत्रका लागि मतदाता आफै निर्वाचन केन्द्रमा जानुपर्ने तर हिँडडुल गर्न नसक्ने बृद्धबृद्धा, सुत्केरी अपांगता भएका व्यक्ति लगायतको परिचय पत्र भने एकै घरका ब्यक्तिले लिन सक्नेछन् ।
यता दाङका ३ सय ५१ वटा मतदान केन्द्र बाट परीचय पत्र वितरण भैरहेको मुख्य निर्बाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ । निर्वाचनका लागि ७ सय २ जना मतदान अधिृकृत र सहायक मतदान अधिकृत, सहायक कर्मचारी ७ सय २ जना र ६ सय ८३ जना कार्यालय सहयोगी गरी जम्मा २ हजार ८७ जना कर्मचारीहरु खटिएका छन ।
निर्वाचन लाई स्वच्छ र भयरहित बनाउन १ हजार ४ सय प्रहरी परीचालन गरीएको प्रहरी प्रमुख एसपि धिरज प्रताप सिँहले बताउनुभएको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा उक्त प्रहरी परीचालन गरीएको उहाले बताउनुभयो । यस्तै १ हजार ३ सय ४० शसस्त्र प्रहरी र ७ सय म्यादी प्रहरी परीचालन गरीएको छ । यसैविच आफ्नो कामकाजका लागि घर भन्दा टाढा रहेकाहरु चुनावमा आफ्नो मत खसाल्न घर फर्किन सुरु गरेका छन । २० बर्ष पछि हुन लागेको स्थानिय चुनावका लागि आफुले जनप्रतिनिधि चुन्न घर फर्किएको उनिहरु बताउछन ।
विशेषत अध्ययनका लागि जिल्ला बाहिर तथा ब्यापार ब्यवसायका लागि टाढा रहेकाहरु यति वेला घर फर्किएका छन । यस्तै विभिन्न ब्यापारका लागि दाङका मुख्य शहरमा तुलसीपुर,घोराही र लमहिमा बसेकाहरु पनि आफ्नो ब्यापार नै बन्द गरेका छन । जस्ले गर्दा शहर बजारमा चहल पहल केही कम भएको छ । शहर बाट गाउ जाने प्राय सवारी साधानहरुमा भिडभाड भएको देखिन्छ ।