घोराही, १० असार ।
अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यले स्थानिय निर्वाचन लाई धाधलिरहित र निष्पक्ष बनाउनुपर्ने बताउनुभएको छ । निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएको भन्दै पारदर्शि बनाउनका लागी लाग्न यूवा विद्यार्थीहरु लाई निर्देशन दिनुभएको छ । अनेरास्ववियू दाङले घोराहीमा गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
निर्वाचन सफल पार्नका लागी विद्यार्थिको अहम भुमिका रहने भएकाले प्रत्येक बुथमा विद्यार्थी खटिनका लागि उहाले आग्रह गर्नुभएको छ । उहाले चुनावको मुखमा आर्थिक चलखेल हुन सक्ने भन्दै विद्यार्थीहरु लाई गाउ गाउमा छिर्न निर्देशन दिनुभयो । यस्तै फरक प्रसँगमा बोल्दै दोस्रो चरणको स्थानीय चुनावमा पनि एमालेले बहुमत ल्याउने दावि गर्नु भएको छ ।
एमालेमा देखीएको जनलहरले बिपक्षीहरु अत्तालीएको उहाले बताउनुभयो । त्यसैगरी अनेरास्ववियूका केन्द्रीय अनुशासन आयोगका सचिव खेम मरासनिले विद्यार्थीले बुथहरुमा खेल्नुपर्ने भुमिकाका बारेमा जानकारी गराउनुभएको थियो । उहाले चलाखि पुर्ण तरीकाले प्रस्तुत हुन निर्देशन दिनुभयो । अनेरास्ववियु दाङका अध्यक्ष विरबल खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिब गोपाल रेग्मीले गर्नुभएको थियो ।