त्रिकोणात्मक सम्बन्ध भए मात्रै विद्यार्थीको नतिजा सुध्रने

तुलसीपुर,९ असार ।
हरेक विद्यार्थीको शैक्षिक सुधारमा त्रिकोणात्मक सम्बन्ध हुनपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन । शिक्षक ,अभिभावक र विद्यार्थिहरु विचको सम्बन्धलेनै विद्यार्थीको नतिजामा सुधार आउने उनिहरुले बताएका थिए । चन्द्रोदय विद्या कुञ्ज बोर्डिङ्ग स्कुल तुलसीपुर ११ जस्पुरले एसइई मा उतिर्ण भएका विद्यार्थिलाई गरेको बधाई तथा विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

स्कुलका प्राचार्य द्रोण बहादुर बस्नेतको अध्यक्षता तथा प्याब्सनका केन्दीय सदस्य लम्बोदर लामिछानेको प्रमुख आतिथ्यता एवं सञ्चालक समितिका अध्यक्ष बलदेव आचार्यको विशिष्ठ आतिथ्ग्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा अभिभावक शिक्षकहरु रविलाल भट्टराई,मेघराज आचार्य,ज्ञानदिप कलेजका प्राचार्य सुरेन्द्र जिसी,अरनिको कलेजका विष्णु देवकोटा, लगायतले बोलेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका लाई पुरस्कार वितरण गरीएको थियो ।

त्यसैगरी एसइई मा उतिर्ण भएका विद्यार्थिलाई सम्मान सँगै मायाको चिनो वितरण गरीएको थियो । शिक्षक हस्त बहादुर भण्डारीको स्वागत मन्तव्य बाट सरु भएको कार्यक्रमको सहजिकरण सहायक प्राचार्य हरी प्रसाद वलीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थिहरुले विभन्न प्रस्तुती राखेका थिए ।

प्रकाशित मिति : २०७४ असार ९ गते शुक्रवार
प्रतिक्रिया