तुलसीपुर, ९ असार ।
यहाँका एक व्यक्तिको पहलमा विद्यालयमा टिन उपलव्ध गराएको छ । तुलसीपुर–४ घोरानेटीमा रहेको दिपज्योति निमाविको लागि तुलसीपुर निवासी टोपबहादुर महताराको विशेष पहलमा विद्यालयको छाना छुवाउने टिन हस्तान्तरण गरीएको हो । केही दिन पहिले आएको हावा हुरीका कारण विद्यालयको भवनमा लगाएको टिन उडाएको थियो ।
सञ्चार माध्यममा हावाहुरीले छानो उडाउदा विद्यार्थीहरु खुल्ला आकाशमा बस्न वाध्य भन्ने समाचार आएपछि उनले सो विद्यालयमा पुगी सहयोग गर्ने घोषणा गरेका थिए । सोही अनुरुप महताराको पहलमा निमावि घोरानेटीमा इनलासे नेपाल र गाइडहर चर्चको सहयोगमा करिव ८० हजार बरावरको टिन विहिवार विद्यालयलाई हस्तान्तरण गरीएको हो । सो टिन त्यहाँ पुगे संगै अव विद्यार्थीहरुलाई पढाईमा सहज हुने बताएको छ ।
विद्यालयका प्रधानाध्यापक भुपबहादुर केसीलाई सो टिन एक कार्यक्रमको विच महताराले हस्तान्तरण गरेका थिए । सो अवसरमा विद्यालयलाई टिन उपल्वधगर्न सहयोग गर्ने महतारा र संस्थालाई विद्यालयले धन्यवाद समेत दिएको छ । सो आवसरमा इनलासे नेपालका प्रतिनिधि कमल राना र रमेश सोनीको समेत सहभागीता रहेको थियो । समाज सेवि महताराले विद्यालयमा अन्य सहयोग पनि उपल्वध गराउने बताएका थिए ।