बसन्त परीयार,तुलसीपुर ८ असार ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले राम्रो काम गर्दा गर्दै सरकार हटाउनेहरुलाई जनताले सजाय दिने बताउनुभएको छ । जनताले एमालेलाई जिताएर काँग्रेस र माओवादिलाई सजाय दिने उहाले बताउनुभयो । तुलसीपुर उप महानगरपालिका ११ कटाहामा भएको चुनावी सभालाई सम्वोधन गर्र्दै नेता पोख्रेलले यस्तो बताउनुभएको हो ।
एमालेको राष्ट्रवादी छविका कारण नेपाली जनताले साथ दिएको वताउनु भएको छ । त्यसैगरी उहाले चितवनमा एमालेले चुनाव जित्दै गर्दा मतपत्र च्यात्ने माओवादीलाई भोट माग्ने अधिकार नभएको बताउनुभयो । “जनता लाईनमा बसेर आफ्नो मत दिए,तर उनले च्यातेर अपमान गरे” उहाले भन्नुभयो ।
प्रकाशित मिति : २०७४ असार ८ गते बिहिवार