घोराही १० मा काँग्रेसको कोणसभा

 

दाङ असार ८
नेपाली काँग्रेस घोराही उपमहानगरपालिका वडा न १० ले मेयर,उपमेयर सहितको सयुक्त घरदैलो एव कोणसभा सम्पन्न गरेको छ । आज महिलाहरुको बृहत् र्याली सहित नारायणपुर बजारमा घरदैलो एवं कोणसभा सम्पन्न गरेको नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समिति का संयोजक दिपक पाण्डेले जानकारी दिएका छन् । त्रिपुर नगरसमिति सभापति दिपक पाण्डेको अध्यक्षतामा सम्पन्न कोणसभामा बोल्ने बक्ताहरुले नेपाली काँग्रेसको निति,बिचार,सिद्धान्त र कार्यदिशा सहि भएको भन्दै बिकासका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए । कोण सभालाई साँसद् द्धय राजु खनाल,अनिता देवकोटा,मेयर पदका उम्मेदवार भुप बहादुर डाँगि,उपमेयरपदका उम्मेदवार पुष्पा श्रेष्ठ लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७४ असार ८ गते बिहिवार
प्रतिक्रिया