बसन्त परियार,तुलसीपुर ८ असार ।
तुलसीपुर उपमहानगरपालीकाका मेयरका उम्मेदवार घनश्याम पाण्डेले आउने पाच बर्षमा तुलसीपुरलाई समृद्ध बनाउने बताउनुभएको छ । तुलसीपुर उप महानगरपालिका ११ कटाहामा भएको एमालेको चुनावी सभालाई सम्वोधन गर्र्दै उहाले यस्तो बताउनुभएको हो । तुलसीपुरमा एयरपोर्टमा जहाज उड्ने देखि लिएर हरेक ब्यक्तिको आम्दानीको श्रोत बढाउन बिशेष कार्यक्रम ल्याउने उहाले प्रतिबद्धता जनाउनुभयो ।
सभामा बोल्दै साँसद भागवत विश्वासीले गरीविका लागि काम गर्ने पार्टि एमाले मात्र भएको बताउनुभयो । दलित,जनजातिहरुको पक्षमा बोल्ने पार्टि एमाले मात्र भएको उहाको भनाई थियो । सो अवसरमा उपमेयर पदका उम्मेदवार माया आचार्य,सांसदहरु भागवत विश्वासी, अनारकलि मिया, केन्द्रीय सदस्य सुजिता शाक्य,वडा अध्यक्षका उम्मेदवार भागिराम चौधरी, शोभाराम वस्नेत, छविलाल वली, एमाले जिल्ला सचिव हिराचन्द्र केसी लगायतले बोल्नुभएको थियो ।
छोटिलाल चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको सभामा विभिन्न नृत्यहरु प्रस्तुत गरीएको थियो ।