प्रदेश राजधानीको एजेण्डा जसले उठाउँछ त्यसले चुनाव जित्छ : पुन

दाङ, ८ असार ।
पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमान पुन ‘अनन्त’ले दाङको सन्दर्भमा अहिलेको चुनाव प्रदेश राजधानीको बहस नै मुख्य एजेण्डा भएको बताएका छन् । दाङवासीको चाहना प्रदेश राजधानी दाङ भएकाले जुन दलले भित्रैदेखि यो एजेण्डा उठाउँछ, त्यसले चुनाव जित्ने स्थिति देखिएको उनले बताए ।

नेता पुनले स्थानीय चुनाव दाङ प्रदेश राजधानी बनाउने या नबनाउने जनमत संग्रहको एउटा रुप भएको पनि उनको भनाई थियो । ‘तपाइले राजधानी प्रदेश राजधानी बनाउनुपर्छ भन्ने दललाई जिताउनुहुन्छ वा प्रदेश राजधानी अन्यत्रै लैजाने मनशाय बोकेकका दललाई जिताउनुहुन्छ, यो दाङवासीका लागि जनमत संग्रहजस्तै बनेको छ’– उनले भने ।

दाङको घोराही उपमहानगरपालिका १४ र १५ ले संयुक्तरुपमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै उनले कतिपय पुराना भनिने दलले उठाउँदै आएको बोल्न पाउने तर खान नपाउने लोकतन्त्रको युग अब समाप्त भएको ठोकुवा गरे ।

 

 

प्रकाशित मिति : २०७४ असार ८ गते बिहिवार
प्रतिक्रिया