मिना बुढाथोकी, सल्यान
असार ८ / यहां एक वेवारिसे सुत्केरी महिला फेला परेकी छन । कुमाख मालिका गांउ पालिका –४ त्रिवेणीमा असार ६ गते वेवारिसे सुतकेरी महिला फेला परेकी हुन । मानसिक सन्तुलन गुमाएकी सो महिला लाई कुमाख मालिका गांउ पालिका –४ कालागांउका गोरख शाही ले ईलाका प्रहरी कार्यालय रागेचौरमा जानकारी गराएपछि ति महिलालाई उपचारका लागी सोही दिन रुकुमको मिशन अस्पताल चौरजहारी पुर्याईएको थियो ।
स्थानीय महिला स्वास्थय स्वयंसेविका रत्ना शाही र आमा समुहकी अध्यक्ष रत्ना रानाको साथमा रहेकी ति बेवारिशे महिला र नवजात शिशुलाई उपचार पछि गए राती सल्यानको जिल्ला अस्पतालमा राखिएको छ । महिला स्वयंसेविका रत्ना शाहीका अनुसार असार ६ गते बिहान उनका पति खेत रोप्नको लागी घर बाट निस्केको र त्यहां स्थित शिव मन्दिर नजिक बेवारिसे अवस्थामा महिला र भर्खर जन्मेको सालसंगै रहेको बच्चा फेला परेको हो ।
आफुलाई कुमारी विक भन्ने अन्दाजी ३५ वर्षीय ति महिला लाई गए राती १२ बजे जिल्ला बाल कल्याण समिति,महिला तथा बालबालिका कार्यलय,दलित विकास समाज, इलाका प्रहरी कार्यालय रागेचौर को सहयोगमा जिल्ला अस्पताल सल्यानमा ल्याईएको महिला विकास अधिकृत राजकुमारी राईले जानकारी दिनु भयो ।
राईले भन्नु भयो जिल्लामा महिला सेवा केन्द्र नहुदा समस्या हुने भयो । आमा र बच्चा कहां राख्ने अन्योल भएको छ । महिलाको पहिचान पनि न खुलेको र मानसिक सन्तुलन समेत बिग्रेको हुन सक्ने हुदा दुबैको अवस्था जोखिममा परेको छ । आफुहरुले महिला र बच्चा दुबईको लागी संरक्षण गर्ने स्थानको लागी पहल गरी रहेको समेत उहाले बताउनु भएको छ ।
पहिचान नखुलेकी ती महिलालाई खोज तलाशका लागी कोही कसैले सम्पर्क गर्न चाहेमा वा सहयोग गर्न चाहेमा महिला तथा बालबालिका कार्यालय सल्यान अथवा कार्यालयको फोन नम्बर ०८८५२०००९ मा सम्पर्क गरि दिन महिला विकास अधिकुत राईले अनुरोध गर्नु भएको छ । यता जिल्ला अस्पताल सल्यानले भने आमा र बच्चा तत्कालका लागी अस्पतालमा राख्न सकिने जनाएको छ । तर त्यसपछि आमा र बच्चा कहां जान्छन भन्ने अन्योल रहेको छ ।
जिउमा एक सरो कपडा मात्र भएकी आमालाई सुत्केरी हुदा खानु पर्ने पोशिलो कुरा,लगाउनु पर्ने न्यानो लुगा र स्याहार सुसारको समेत समस्या भएको छ । अहिले तत्कालका लागी दलित विकास समाज सल्यानले दिन भरीका लागी हेरचाह गर्ने भनेर एक जना महिलाको व्यवस्था गरी दिएको छ । संस्थाका अध्यक्ष निम बहादुर नेपालीले दिन भरी हेरचाह गर्ने एक जना महिला को व्यवस्था गरि दिएको तर रातीमा भने हेरचाहका लागी कोही पनि नभएको बताउनु भयो ।