तुलसीपुर,८ असार ।
दाङमा दलहरुले चुनावी प्रचारमा प्रयोग गरेका गाडीमा तोडफोड गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माओवादी केन्द्र,जनमोर्चा र जनमुक्ति पार्टीले प्रचार प्रसारमा प्रयोग गरेका गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।
दाङको तुलसीपुरमा माओवादी केन्द्र,जनमोर्चा र जनमुक्ति पार्टीले प्रचारप्रसारमा प्रयोग गरेका एक÷एकवटा गाडी विप्लवका कार्यकर्ताले तोडफोड गरेको जिप्रका दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । तीनवटै गाडीका सबै सीसा फुटेका छन् । तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ असार ८ गते बिहिवार