स्व. श्रीमणीको सम्झनामा बनाईएको प्रतिक्षालयमा काँग्रेसको झण्डा

तुलसीपुर,७ असार ।
एमालेका .नेता स्वर्गीय श्रीमणी आचार्यकोे सम्झनामा बनाइएको प्रतिक्षालयमा नेपाली काँग्रेसले आफ्नो झण्डा गाडेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी चोकमा श्रीमणीको सम्झनामा एमालेले बनाएको प्रतिक्षालयमा काँग्रेसले चारतारे झण्डा गाडेको हो । एमाले नेता आचार्यलाई २०५१ सालमा बिजौरीमा काँग्रेस कार्याकर्ताले गोली हानी हत्या प्रयास गरेका थिए ।

उहाँको २०६४ साल पौष ३ गते निधन भएको थियो । स्व.श्रीमणीको नाममा बनाइएको उक्त प्रतिक्षालयमा काँग्रेसको झण्डा गाडिनु दुःखद पक्ष भएको वडा नम्बर ११ का एमाले अध्यक्ष होताराम बस्नेतले बताउनुभयो । श्रीमणीको सम्झनामा बनाइएको प्रतिक्षालयमा काँग्रेसले झण्डा गाडिदा उहाँप्रति अपमान भएको उहाँको भनाई छ ।

उहाँले झण्डा हटाउन काँग्रेसलाई आग्रह गर्ने र हटाउन नमाने आफैँ हटाउने बताउनुभयो । साथै झण्डा तत्काल हटाउन एमालेले आग्रहसमेत गरेको छ । ११ नम्बर वडाका काँग्रेस सभापति बोधिलाल भण्डारीले उक्त प्रतिक्षालयमा काँग्रेसको झण्डा गाडिएको बारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति : २०७४ असार ७ गते बुधवार
प्रतिक्रिया