गोकर्ण पौडेल,बिजौरी ५ असार ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले एमालेकै कारण संविधानमा स्थानीय तहलाई बढि अधिकार प्रत्यायोजन गरिएको बताउनुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघले उपमहानगरका मेयरसँग आयोजना गरेको छलफल कार्यक्रममा पूर्व सुचना तथा सञ्चारमन्त्री पोख्रेलले समग्र उपमहानगरको खाका कोर्ने योग्य उमेदवार एमालेले अघि सारेको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले तुलसीपुर उपमहानगरलाई समृद्व बनाउनको लागि एमालेकै उम्मेदवाहरुबाट मात्र सम्भव हुने बताउनुभएको थियो ।
नेपाल राष्ट्रिय वाणिज्य संघ बिजौरीका अध्यक्ष गिरीराज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयरका उम्मेदवार घनश्याम पाण्डेले तुलसीपुर बजारपछि यस क्षेत्रको दोस्रो ठुलो बजारकारुपमा बिजौरी बजारको विकास गरिने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै पाण्डेले बिजौरीलाई रोल्पा जिल्ला जोड्ने सडकको स्तरोन्नति गरेर थप विकशित शहरकारुपमा अघि बढाउने प्रतिबद्वता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपमेयरका उम्मेदवार माया आचार्य, नेकपा एमाले दाङका सचिव हिराचन्द्र केसी, नेकपा एमालेका नेता शोभाराम बस्नेत, १८का उम्मेदवार माधव वली, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली लगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव वीरबहादुर डाँगीले गर्नुभएको थियो