तुलसीपुर,५ असार ।
स्थानीय तह निर्वाचनका लागि दाङको तुलसीपुर उपमहानगरपालिकामा चार सय ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन । जसमा प्रमुखका लागी नौ र उपप्रमुखका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन । जस अनुसार काँग्रेसबाट प्रमुखमा गेहेन्द्र गिरी,उपप्रमुखमा देविका नेपाली रेग्मी,एमालेबाट प्रमुखमा घनश्याम पाण्डे,उपप्रमुखमा माया आचार्य,माओवादी केन्द्रबाट प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखमा सिता वली बृक्षा,राप्रपाबाट प्रमुखमा लाल बहादुर केसी,र उपप्रमुखमा लक्ष्मीसिँह राठोर,राजमोबाट प्रमुखमा शुक्रराज भण्डारी र उपप्रमुखमा कमला जिसि तथा मालेबाट प्रमुखमा शालिकराम चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै नया शक्तिबाट प्रमुखमा जिवन भण्डारी र उपप्रमुखमा शान्ती रीजाल,स्वतन्त्र बाट प्रमुखमा ईश्वरी प्रसाद गैरे र राप्रपा राष्टबादि बाट हँसराज केसी तथा फोरम लोकतान्त्रिकबाट उपप्रमुखमा मिना कुमारी छन्त्याल र राष्टिय जनमुक्ति पार्टिबाट उपप्रमुखमा लिला पुनले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत ललितबहादुर घर्तिले जानकारी दिनुभयो ।