हुलाक कार्यालय सल्यानद्धारा नौ लाख बढि राजस्व सँकलन

शंकर के सी,सल्यान ५ असार ।
जिल्ला हुलाक कार्यालय सल्यानले चालु आर्थीक वर्ष २०७३÷०७४ को जेठ महिना सम्म ९ लाख बढि राजस्व संकलन गरेको छ । गत साउन देखि जेठ अन्तीम सम्म ९ लाख १८ हजार ७ सय ५१ रुपैया ८० पैसा संकलन भएको जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी रेशम प्रकाश शर्माले जनाए ।

उनले दिएको जानकारि अनुसार कार्यालयले हुलाक सेवा शुल्क वापत ५ लाख ५८ हजार २ सय ५५ रुपैया संकलन गरेको छ भने रजिष्ट्रेशन शुल्क वापत ७३ हजार ८ सय ७४ रुपैया ८० पैसा संकलन भएको छ । यस्तै परिक्षा शुल्कबाट २ लाख ३४ हजार २ सय ५० रुपैया र प्रशाशनिक दण्ड जरिवानाबाट ५२ हजार ३ सय ७२ रुपैया संकलन भएको शर्माले जानकारि दिए ।

जिल्ला हुलाक कार्यालयले केबुल, टेलिभिजन, एफएम रेडियोहरुको रोयल्टी दस्तुर संकलन र नविकरण जस्ता कार्य गर्दै आएको छ । राजस्व संकलनका साथै डांक सेवा, वचत बैंक सेवा, टिकट विक्रि, चिठीपत्र दर्ता तथा वितरण, ग्रामिण क्षेत्रमा टेलिसेन्टर संचालन जस्ता कार्य पनि हुलाक कार्यालयले गरिरहेको हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जानकारि दिए ।

यसैविच जिल्ला हुलाक कार्यालय सल्यानले कार्यालयमा काम नलाग्ने र टुटफुट भएका सामग्री लिलाम विक्रि गर्ने भएको छ । फर्निचर, प्लाष्टीक सामग्री तथा विभिन्न इलेक्ट्रीक सामानहरु विग्रिएको र टुटफुट अवस्थामा रहेकाले विक्रि गर्न लागीएको हुलाक अधिकृत भण्डारीले जनाए ।
ती सामानको मुल्यांकन कर्ताले २६ हजार ४ सय ६९ रुपैया ५० पैसा बराबर मुल्यांकन गरेको उनले जनाए । यहि असार १५ गते सम्म लिलामीमा सामान खरिद गर्न चाहनेले आवेदन दिन सक्नेछन् भने १६ गते लिलाम विक्रि कार्यक्रम राखिएको भण्डारिले जनाए ।

प्रकाशित मिति : २०७४ असार ५ गते सोमवार
प्रतिक्रिया